Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन देश र संसदको अपमान  : डा शेखर कोइराला

निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन देश र संसदको अपमान  : डा शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तनलाई घोर अपराध बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत यसलाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति अपमान भएको आरोप उहाँले लगाउनुभएको छ । ‘निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन एक सामान्य घटना होइन। यो हाम्रो देश र संसदको अपमान हो,’डा। कोइरालाले लेख्नुभएको छ ।

उहाँले यस प्रक्रियामा जोडिएका व्यक्तिहरूलाई तुरुन्त हदैसम्मको कारवाही गर्नुपर्छ र परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा फर्काउनुपर्ने उल्लेख गर्नुभएको छ । डा. कोइरालाले विधेयकका सबै सम्बन्धित प्रक्रियाहरू पूरा नगरी कुनै पनि काम अगाडि बढाउनु ठीक नहुने उल्लेख गर्दै, ‘कुलिङ पिरियड बिना यस विधेयकको काम अगाडि बढ्नु हुँदैन र यसलाई अब अघि बढ्न दिइनु हुँदैन,’ भन्नुभएको छ ।

यस विषयमा संसदमा थप छलफलको आवश्यकता रहेको भन्दै उहाँले विधेयकको सबै प्रक्रियाहरू सही ढंगले र पारदर्शी रुपमा सम्पन्न गरिनु पर्ने बताउनुभएको छ । यो घटनाले संसदको कार्यप्रणाली र विधायिका प्रति विश्वासलाई कडाइका साथ चुनौती दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार