काठमाडौं । बरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल तथा उहाँका सुपुत्र अनिमेष दाहालको संयुक्त कविता सङग्रह 'वंशवृक्ष' आज लोकापर्ण गरिएको छ । मिलाप पब्लिकेशनले प्रकाशन गरेको कृतिमा पिताका १७ र पुत्रका १३ वटा कविता सङग्रहित छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा कृष्ण केसी र खेम दाहालले कृतिमाथि समीक्षा गर्नुभएको थियो । देश र प्रकृति प्रेम, राजनीति लगायत क्षेत्रमा व्याप्त विकृतिहरुप्रति कविताहरुले चोटिलो प्रहार गरेको समीक्षकहरुले टिप्पणी गर्नुभयो । पिता पुत्रकै कविताहरुमा बिम्बहरुको ‘रिच’ प्रयोग गरिएको उहाँहरुले बताउनुभयो ।
धेरै कविताहरु पारिवारिक भेटका सिलसिलामा पछिल्लो पटक अमेरिका जाँदा लेखिएको कृतिकार दाहालले जानकारी गराउँदै लेखनमा सक्रियताका लागि सबैलाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा शुभकामना दिदैं बरिष्ठ कवि कलानिधि दाहालले अघिल्लो पुस्ता भन्दा पछिल्लो पुस्तामा काव्यिक लगायत हरेक हिसाबले चेत बढी भएको भन्दै 'वंशवृक्ष' मा पनि पुत्र पुस्ताका कविताहरु उम्दा भएको संक्षिप्त टिप्पणी गर्नुभयो ।
यस्तै, पत्रकार एवम् कवि विनोद दाहालले स्वागतसँगै समीक्षा पनि गर्न भ्याउनुभएको थियो । पहिलो प्रयास भएपनि दाहाल पुत्रको कवित्व चेतको प्रशंसा गरिएको थियो । पिता पुत्रले संयुक्त रुपमा कृति प्रकाशन गरेको यो सम्भवत: पहिलो घटना भएको वक्ताहरुले बताउनुभएको थियो ।
लामो समयदेखि पत्रकारितासँगै प्राध्यापन र साहित्यमा सक्रिय दाहालका यसअघि ४ कविता सङ्ग्रह प्रकाशित छन् । साहित्य क्षेत्रमा नवप्रवेशी अनिमेष भने अमेरिकामा इन्जिनियर हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com