Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us
ईदको अवसरमा सार्वजनिक बिदा

'ईदले सामुदायिक सम्बन्ध अझ बलियो बनाउँछ'

'ईदले सामुदायिक सम्बन्ध अझ बलियो बनाउँछ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । 

“आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ”, सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।”

इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

ईदका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, पूर्व राष्ट्पति विद्यादेवी भण्डारी, सभामुख देवराज घिमिरे लगायतले शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच, सरकारले ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । 


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार