Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेतन्याहुले ट्रम्पलाई भन्नुभयो, 'तपाईले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ !'

नेतन्याहुले ट्रम्पलाई भन्नुभयो, 'तपाईले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ !'

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्नुभएको छ ।  नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराउनुभएको हो । उहाँले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसहित नोबेल कमिटीलाई पठाएको पत्र ट्रम्पलाई देखाउनुभएको थियो । 

नेतन्याहूले भन्नुभयो, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसको तपाईं पूर्ण हकदार हुनुहुन्छ र तपाईंले यो पाउनुपर्छ।’ ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारीगराउनुभएको हो ।

यसअघि पाकिस्तानले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्‍याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार