Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

भिसा नीति खुकुलो पारेसँगै चीनमा पयर्टक वृद्धि

भिसा नीति खुकुलो पारेसँगै चीनमा पयर्टक वृद्धि

काठमाडौं । चीनले भिसा नीति खुकुलो बनाएको छ ।  सरकारले पर्यटन, अर्थतन्त्र र आफ्नो सौम्य शक्ति (सफ्ट पावर) बढाउन भिसाबिना नै प्रवेशलाई विस्तार गरिरहेको छ । नीति खुकुलो बनाएपछि विदेशी पर्यटकको संख्या चीनमा बढ्न थालेको छ ।

चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार, सन् २०२४ मा दुई करोडभन्दा बढी विदेशी पर्यटक भिसाबिना प्रवेश गरेका थिए । जुन कुल पर्यटकको एकतिहाइ र अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । 


अधिकांश पर्यटकीय स्थलमा अझै पनि विदेशीभन्दा स्वदेशी पर्यटकको बाहुल्य छ । तर, यात्रा कम्पनी र टुर गाइडहरूले ग्रीष्मकालीन बिदाका लागि आउने पर्यटकका ठूलो आगमनको अपेक्षा गर्दै तयारी गरिरहेका छन् ।

कोभिड–१९ बाट सिर्जित प्रतिबन्ध हटाएपछि चीनले सन् २०२३ को सुरुमा पर्यटकका लागि आफ्नो सीमा खोल्यो । तर, त्यस वर्ष केवल एक करोड ३८ लाख पर्यटक आए । जुन महामारीअघिको अन्तिम वर्ष सन् २०१९ मा आएका तीन करोड १९ लाखको आधाभन्दा कम थियो ।

सन् २०२३ को डिसेम्बरमा, चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकका लागि भिसामुक्त प्रवेशको घोषणा गर्‍यो । त्यसयता लगभग पूरै युरोपलाई समेटिएको छ । 

गत महिना ल्याटिन अमेरिकाका पाँच देश र उज्बेकिस्तानका नागरिक भिसामुक्त प्रवेशका लागि योग्य भए । त्यसपछि मध्यपूर्वका चार देश थपिए । जुलाई १६ मा अजरबैजान थपिएपछि यो संख्या ७५ पुग्नेछ ।

करिब दुईतिहाइ देशलाई एक वर्षको परीक्षण आधारमा भिसामुक्त प्रवेश प्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार