काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले काठमाडौँ चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्मण सम्पन्न गर्ने गरी पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
साथै कलंकी–महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगायतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ। बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी–महाराजगञ्ज खण्डको स्तरोन्नतीका लागि बजेट व्यवस्थापन लगायतका आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी गराउनुभयो । समिति सदस्यहरुले काठमाडौँ चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड समयमा नै निर्माण हुन नसकेकाले सो क्षेत्रमा बस्ने नागरिकहरुले धुलो धुँवा र हिलोको सास्ती बेहोर्नुपरेको भन्दै सडक विस्तारलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए।
बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको जानकारी गराउनुभयो । कलंकी–महाराजगञ्ज खण्डको केही स्थानमा सडक विस्तारका लागि मुआब्जाको विवादका कारण समस्या देखिएको उहाँले बताउनुभयो । यस्तै, काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको समेत उहाँले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com