Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कागेश्वरी मनोहरा नगरपालिकामा ‘सुत्र सफ्टवेयर’ प्रयोगसम्बन्धी प्रशिक्षण

कागेश्वरी मनोहरा नगरपालिकामा ‘सुत्र सफ्टवेयर’ प्रयोगसम्बन्धी प्रशिक्षण

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा 'सुत्र राजश्व मोड्युल र राजश्व तथ्याङ्क प्रविष्टि' सम्बन्धी प्रशिक्षण कार्यक्रम आज आयोजना गरिएको छ । महालेखा नियन्त्रक कार्यालय, अन्तर सरकारी वित्त समन्वय शाखा अन्तर्गत उप महालेखा नियन्त्रक यज्ञ प्रसाद ढकाल लगायले नगरपालिकाका राजश्व र लेखामा कार्यरत मानव संशाधनलाई सुत्र राजश्व मोड्युलमा तथ्याङ्क प्रविष्टि गर्ने विषयमा प्रशिक्षण दिनुभएको छ । 

सोही अनुरुप आंशिक रुपमा ‘सूत्र सफ्टवेयर’ प्रयोगमा आएकोमा नयाँ आर्थिक वर्षबाट अन्यत्र झै कागेश्वरी मनोहरा नगरपालिकामा पनि उक्त सफ्टवेयर पूर्ण रुपमा लागू गरिदैंछ । सोही सम्बन्धमा सुत्र सफ्टवेयर प्रयोगका सम्बन्धमा नगरपालिकाका कर्मचारीहरुले राख्नुभएको जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो ।

DSC00393_11zon.jpg
undefined

सरकारले तीन वटै तहका सरकारको खर्च र आम्दानीको विवरणमा एकरुपता ल्याउने गरी सूत्र प्रणालीको विकास गरेको हो । त्यसका लागि संघीय सरकारले तालिम र अभिमुखीकरण कार्यक्रममा विशेष जोड दिदैं पनि आएको छ । प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता ल्याउन तथा पारदर्शी लेखा राख्ने उद्देश्यले सरकारले ‘अन्तर सरकारी सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०’ सफ्टवेयर कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रिपरिषदले १७ वैशाख २०७६ मै यो प्रणाली सबै स्थानीय सरकारले अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णय गर्दै प्रणाली स्वीकृत गरेको थियो । हरेक आर्थिक वर्षको वार्षिक हिसाब मिलान तथा प्रतिवेदनका लागि समेत सूत्र प्रणाली नै प्रयोग गर्नुपर्ने निर्णय सरकारले गरेको थियो ।  सूत्र प्रणालीको प्रयोग अनिवार्य गर्ने सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई ताकेता गर्दै आएको थियो । 

DSC00496_11zon.jpg
undefined

सरकारले तीन वटै तहका सरकारको खर्च र आम्दानीको विवरणमा एकरुपता ल्याउने गरी सूत्र प्रणालीको विकास गरेको हो । त्यसका लागि संघीय सरकारले तालिम र अभिमुखीकरण कार्यक्रममा विशेष जोड दिदैं पनि आएको छ । प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता ल्याउन तथा पारदर्शी लेखा राख्ने उद्देश्यले सरकारले ‘अन्तर सरकारी सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ सफ्टवेयर कार्यान्वयनमा ल्याएको हो ।

देश र स्थानीय तहमा आधारभूत बजेटिङ तथा लेखांकन मापदण्डमा आधारित आर्थिक कारोवारको व्यवस्थापन सहज रुपमा गराउने उद्देश्यले विकास गरिएको वेबमा आधारित सफ्टवेयर प्रणाली हो । सूत्रमा प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै मोडेल विकास गरिएको छ ।

DSC00394_11zon.jpg
undefined

यस प्रणालीबाट लेखाको हिसाब राख्दा सबै तहको आर्थिक संकेतमा एकरुपता आउने विश्वास सरकारको छ । जसले गर्दा तीन वटै तह ९स्थानीय, प्रदेश र संघ० को आर्थिक प्रशासन तथा वित्तीय प्रतिवेदनमा एकरुपता कायम हुने भएको छ । समयमै वित्तीय प्रतिवेदन बनाउन, आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिमा पनि यो प्रणाली उपयोगी हुने महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ । वित्तीय नियन्त्रक र आर्थिक अनुशासन कायम गर्न, आर्थिक ऐन नियम परिपत्रको पालना तथा वित्तीय तथ्यांकको आधार स्थापना गर्न पनि सूत्र उपयोगी रहेको सरकारको भनाइ छ ।

DSC00468_11zon (1).jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार