Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त हुनुभएको छ ।

 तत्कालीन अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्त गरेसँगै रिक्त अध्यक्ष पदमा बैंकका सञ्चालक पौडेललाई बुधवार बसेको सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो।

पदभार ग्रहण अघि पौडेलले बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ ।

नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका पौडेलसँग निजी क्षेत्रका विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा नेतृत्वदायी भूमिकासहित दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार