Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत १९ गते पाँचखपन नगरपालिकामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो ।

कार्यक्रम सञ्चालन भने खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले गरेका थिए । नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, सहकारी प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ५३ जना उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावी समबन्धमा,साथै कृषि वीमाको नयाँ सफ्टवेयर,र अभिकर्ता प्रविधिकको कृषि बीमामा आवश्यक भुमिका बारे महत्वपूर्ण जानकारी गराएका थिए ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ को समन्वयमा चैत्र १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्गको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने भोजपूर शाखा प्रमुख सन्तोष तिवारीले गरेका थिए । कार्यक्रममा मुख्य बक्ताको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकाल रहेका थिए ।

कार्यक्रममा बीमा कसरी गर्ने, काहाँ गर्ने, किने गर्ने सहितको विस्तृत जानकारी र दावीको समयमा क्षतिपुर्ती लिने आवश्यक प्रकृया बारे जानकारी गराइएको थियो । वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सशभागि रहेको कार्यक्रममा बीमाका माध्यमबाट सूरक्षाको प्रत्याभुति दिलाउनका साथै नेपाल सरकारद्घारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृया बारे समेत जानकारी गराईएको थियो ।

कार्यक्रममा उपस्थित सहभागिहरुले नियमित रुपमा बीमा गर्न सके आर्थीक पक्ष सवल भई निर्वाहमुखी खेति प्रणालिबाट ब्यवसायिक बन्न सकिने धारणा राख्दै कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार