Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

दसैँ बिदामा आयल निगमका १३ वटा डिपो खुला रहने

दसैँ बिदामा आयल निगमका १३ वटा डिपो खुला रहने

काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका केही कार्यालय तथा डिपो खुला रहने भएका छन् ।

सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दिपायलका इन्धन डिपो खुला रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार