Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न विभागद्वारा ध्यानाकर्षण

सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न विभागद्वारा ध्यानाकर्षण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न ध्यानाकर्षण गराएको छ । 

नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामारचाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ । 

विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक संघ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी संघ, संगठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने भन्दै सम्बद्ध सबैमा पुनस् ध्यानाकर्षण गराएको हो । 

उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभक्तहरूको कुनै गुनासो भए विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार