Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
१९औँ वार्षिक साधारणसभा सम्पन्न

ग्लोबल आईएमई बैंकले सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने

ग्लोबल आईएमई बैंकले सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा आज बुधबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष २०८१.८२ को सञ्चित मुनाफा समेतबाट आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित० प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको छ।  

बैंकले आर्थिक वर्ष २०८१।८२ मा रु। ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। 

साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए। 

साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।  

साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधिहरू, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरू, कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार