काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्।
हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरवलोकन गर्ने बेला आएको बताएका हुन्।
उनका उद्योगी, व्यवसायीहरुसँग छलफल गरेर बैंकका सिइओहरुले त्यस्ता प्याकेजहरु डिजाइन गर्नुपर्छ। अहिलेका प्याकेजहरु त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन सकेको छैन र व्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको छ। उनले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेकोसमेत बताए।
गभर्नर पौडेलले यस विषयमा बैंकका सिइओसँग आगामी हप्ता छलफलसमेत आफूले गर्न लागेको बताए। पौडेलका अनुसार अहिलेका बैंकहरुको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुनेछ।
उनले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताए। उनले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिनेसमे बताए।
गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताए। त्यसले बैंकहरुले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने विश्वास लिएको समेत बताए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com