Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
गीताज्ञान

तिमी कर्म गर फलको आशा नगर !

तिमी कर्म गर फलको आशा नगर !

श्रीमद्भगवद् गीता
सुप्रभात बस्न्यात

अर्जुनले गीता सुनिसकेपछि मेरो सबै मोह अज्ञान नष्ट भयो र म आफ्नो पुरानै स्मिृति वा तत्वज्ञानको उपलब्ध भयो भन्नुभयो । अव म स्वरुपमा स्थित भए र म मा कुनै पनि शंका छैन ।  
श्रीमद्भगवद् गीताको सबै श्लोकहरु उत्तिकै महत्व राख्छन् । एउटा श्लोकले अर्को श्लोकसंग सम्वन्ध राखेको हुन्छ । कुनै एउटा मात्र श्लोकले पूर्ण अर्थ नआउन सक्छ ।  त्यस्तै, सबैले उदाहरण दिने श्लोक जनजिब्रोमा भन्ने गरेको, तिमी कर्म गर फलको आशा नगर ।

यो अध्याय २ को ४७ औ श्लोकमा छ ।  
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणिस् 

के हामी फलको आशा नगरी कुनै पनि काम प्रारम्भ गर्न सक्छौ त ? सबैले छातिमा हात राखेर आफूलाई इमान्दारिका साथ भन्ने हो भने, कुनै पनि कार्य सिद्घिको लागि नै कर्म गरेको हुन्छ । पैसा कमाउनका लागि नै ब्यापागर गरेकधो हुन्छ । धान फलोस भनेर नै धान रोपेको हुन्छ । मलाई केही आशा छैन, जे सुकै होस् भनेर आशा रहित भएर कसैले पनि कर्म गरेको हुँदैन । पूर्ण आशा बन्द हुने हो भने त मान्छेले आत्महत्या गर्छ । जीवन आशाले नै चलाएको हुन्छ । सबै त्याग गरेर भगवानको शरणमा जाने त्यागि महात्माको पनि भगवान् प्रेमका आशा गरेको हुन्छ । 

त्यसैले, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन

कर्ममा तिम्रो् अधिकार छ, तर त्यसको फलमा हैन भनेको हो । यसको सिधा अर्थ हो कर्म गर्नमा तिमी स्वतन्त्र छौ तर त्यसको फल कस्तो आउँछ, राम्रो या नराम्रो त्यसमा तिम्रो अधिकार छैन । उदाहरणको लागिः कसैले त्यही किसिमको ब्यापार गर्दा उसको राम्रो सफल भएको हुन्छ भने, अर्को त्यही प्रकृतिको ब्यापार गर्दा असफल भएको हुन्छ । कर्म त दुबैले गरेको हो, तर फल भने एउटै आउँदैन । त्यसैले फल जस्तो आओस र।म्रो या नराम्रो त्यसमा तिम्रो कुनै अधिकार छैन । त्यसमा तिमी सम रहू, तर कर्म गर्दै रहु भन्नु भएको हो । तर आज अधिकाशंले फलको आशा नगर भनेर व्याख्यालाई अन्तै मोडेको पाइन्छ । 

अव माथिको श्लोकलाई चार भागमा विभाजन गरौं । 

कर्मण्येवाधिकारस्तेः कर्म गर्ने अधिकार मानव जिवनमा मात्र छ । त्यसोत अरु प्राणीले पनि कर्म गरेको हुन्छ । मौरीले पनि कर्म गरेको हुन्छ । चराले पनि आफ्नो गुँड बनाएको हुन्छ । तर यस श्लोकमा भगवान्ले कृष्णले कस्तो खालको कर्म हो भनेर खुलाउनु भएको छैन । तर अहिलेलाई यति भनौकि मानब बाहेक अरु प्राणीमा कर्मको सिमितता हुन्छ । उनीहरु त्यही सिमित कर्म मात्र गर्न सक्छन् । उनीहरुको भोग जुनी हो । उनीहरुको जीवनमा दुखलाई भोग्ने हो । 

तर मानव चोला मात्र यस्तो चोला हो जहाँ ऊ कर्म गर्नमा स्वतन्त्र हुन्छ र ऊ दुखबाट पार पाउन सक्छ । मानव शरीरको सिमिततामा मात्र पनि कर्म गर्न सक्छ वा फेरि यो देह वा शरीर भन्दा माथिल्लो अवस्था तपस्या र संयमाको पुरुषार्थले यो रचना गर्ने मूल तत्व जसलाई स्वरुप बोध वा आत्म साक्षात्कार भनिन्छ, त्यसको बोध गरी परम आनन्दको अवस्थामा पनि रहन सक्छ । यो परम आनन्दको अवस्था अरु प्राणीमा हुँदैन वा महशुस गर्न सक्दैन । 

मा फलेषु कदाचन: तर जुन आशय लिएर कर्म गरेका छौ, त्यस कर्मबाट आउने सफलता वा असफलताको फल भने तिमीले भने जस्तो हुन्छ भने छैन । यसमा किन भन्ने प्रश्न नै छैन, किन ? मानब चेतनाको विकासको लागि तत् क्षणमा कस्तो खाले फल दिनु पर्ने हो त्यही फल दिएको हुन्छ । वा यसमा प्रारब्ध कर्मले पनि उसको निर्धारित कर्मको फललाई निर्दिष्ट गरेको हुन्छ । हामीले माथि नै भनिसक्र्याकि एउटै कामसँगै गरेकाले पनि ककैको एकदम सफलता हुन्छ, कसैको कम सफलता र कसैको असफल हुन्छ । जुन ब्यक्तिलार्य जस्तो फल दिदाँ चेतनाका विकास हुन्छ त्यस्तै फल  यो ब्रमाण्डबाट प्राप्त हुन्छ । 

एउटा कथा छः 
एक पटक भगवान शिव र पार्वति डुल्दै पृथ्विमा आउनु भयो । उनीहरु एकदमै धनीको घरमा भोजन गर्न जानु भयो । भोजन गरिसकेपछि भगवना शिवले आर्शिवाद दिनुभयोकि अझ यसको धन दोब्बर भएर जाओस । फेरि अर्को दिन भगवान् शिव र पार्वति एक गरिव आमाको घरमा जानुभयो, जसको सम्पत्तिको नाउँमा एकटा दुध दिने गाई मात्र थियो । त्यहाँ पनि भोजन गरिसकेपछि भगवान शिवले त्न्यो एउटा भएको गाई पनि मरिजाआस भन्नु भयो । 

पार्वती मातालाई अचम्मको लाग्यो धनीलाई अझ धन बढोस् भन्नुभयो र गरिव आमालाई एउटा भएको गाई पनि मरोस भनेर श्राप दिन भायो । मैले तपाईंको आशय बुझिन भनेर सोध्नुभयो । यति भनिसकेपछि भगवान् शिवले माता पार्वतीलाई भन्नु भयो कि, त्यो धनि ब्यक्तिको चित्त अझै धन कमाउनमा लागेकोले उसलाई मैले धननै दिए र ऊ यो संसारमा सुख दुख भोग्दै संसार चक्रमा फसिरहन्छ तर ति आमाको मन भगवान्मा लागेको थियो, तर त्यो एउटै्र गाईले गर्दा उनको चित्त सत्प्रतिशत भगवान्मा लागेको थिएन । अव उनको मन भगवान्मा सत्प्रतिशत लाग्छ र यही जीवनमा उनी यो संसार चक्रबाट मुक्त भई कृत्कृत्य हुन्छिन् । 

मा कर्मफलहेतुर्भूर्मा: दोस्रो श्लोकमा पहिलो पदमा फेरि भन्नुभयो कि तमी कर्म फलको कारण पनि नवन । सफल वा असफल दुबैमा मैले गर्दा वा मैले गरेको भनेर पनि नभन । किन ? किनकि म भन्दा साथ त्यहाँ कर्तृत्व भाव आयो, जहाँ कर्तृत्व भाव आउँछ, त्यहाँ अंहकार आउछ र भोकर्तत्व भाव पनि आउँछ । र जहाँ अहंकार हुन्छ, त्यहा ऊ भगवानको स्वरुपबाट टाढा रहन्छ, र जहाँ भोकर्तत्व भाव रहन्छ त्यहाँ दुखसुखको भाव भोगिनै रहनुपर्छ । त्यसैले, सम्पूर्ण क्रियाको द्रष्टा हौ । 

ते सङ्गोऽस्त्वकर्मणिस् यस श्लोकको अन्तिम पदमा भगवान कृष्णले भन्नुभयो कि, तिमी कर्म नर्गनमा आशक्ति पनि नहौ । वा फलको अधिकारी पनि हैनौ, फलको कर्ताको कारण पनि नबन भनेपछि, कर्म किन गर्नुपर्यो भन्ने तर्क आउन सक्छ । तर भगवान कृष्णले किन कर्म गर्नु भन्नुयो त, किनकि, कर्म नगरी बस्दा उ अल्छि हुन्छ, र तमोगुणले युक्त हुन्छ जहाँ मानव खानुस सुत्नु र भयमा नै उसको जीवन वित्छ । तमो गुणले यो दुर्लभ मानब चोलालाई फृरि पशुबृत्ति लिएर जान्छ । त्यसैले भगवानले कर्म गर्न नछोड्नु भन्नुयो । 

अव यहाँसम्म प्रष्ट बुझेउकि, कर्म गर्नमा हामी आधिकारी छौं, तर कर्मको फलमा अधिकारी छैनौ, र कर्मको फलको कारण आफूलाई मान्न भएन । कर्म नगर्नमा पनि आशक्ति रहनु भएन । अव सिधा भाषामा भन्नु पर्दा कर्म निरन्तर गर, त्यसबाट आउने सफलता वा असफलतामा तिमी सम रहू । त्यसको द्रष्टा मात्र बन । वा जस्तो परिणाम आउँछ त्यसलाई भगवान्को प्रसाद मानि स्विकार गर । यो स्विकार भाव नै भगवानको भक्त हो । 

यो अध्याय २ मा भगवान कृष्णले कस्तो खालको कर्मलाई कर्म भनिन्छ भनेर खुलाउनु भएको छैन । त्यसैले, यही श्लोक मात्र पढ्द ठ्याक्कै अर्थ खुल्दैन । अध्याय ३ गएर कस्तो खालको कर्मले स्वतन्त्रता वा मुक्तिको मार्गमा लिएर जान्छ र कस्तो खालको कर्मले कर्म बन्धनमा बाध्छ भनेर भन्नुभएको छ । 

यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः।
तदर्थं कर्म कौन्तेय मुक्तसंगः समाचर।।घ।ढ।। 

अव यस श्लोकमा आएर बल्ल भगवान कृष्णले भन्नुभयो कि यज्ञको लागि गरेको कर्म मात्र वास्तविक कर्म हो । अरु कर्म सबेले हामीलाई यही संसारमा दुःखसुखको भोग भोगाउँदै पुनरपि जननी पुनरपी मरणम्को चक्करमा फसाँउछ । त्यसकारण, आशक्तिरहित भएर यज्ञको लागि कर्म गर जसले तिमीलाई यथार्थ स्वरुपको बोध गराउँछ ।

श्रीमदभागवत गीता आत्मसाक्षत्कार, भगवानको भक्ति र यो संसारको बन्धनबाट छुटकारा दिलाउने ज्ञान भएकोले यहाँ भनेको कर्म संसारिक कर्म व्यापार व्यवसाय, सुखभोग र कामनाइच्छाको कर्म भन्न खोज्नु भएको हैन भन्ने पक्कै बुझिन्छ । अव, यहाँ यज्ञको लागि कर्म गर्नुपर्छ भनेपछि यज्ञ भनेको के हो भनेर बुझ्नु जरुरी छ । 

भगवान् कृष्णले सबै कुरा एकै अध्यायमा र एकै श्लोकमा कर्मको बारेमा यही हो भनेर भन्नुभएको छैन । अध्याय चारमा गएर बल्ल यज्ञ के हो, र कुन यज्ञ उत्तम हो भनेर भन्नुभएको छ । 

आफ्नो मनलाई परमात्ममा हवन गर्नु नै यथार्थमा यज्ञ हो । 
संयमरुप यज्ञ, 
समाधिरुप यज्ञ,
प्रणायमरुप यज्ञ, 
ज्ञान यज्ञ,
द्रब्य यज्ञ,

मनलाई निरोध गर्नु, इन्द्रियहरुको संयम गर्नु, आफ्नो श्वासप्रस्वासलाई पूरक, रेचक र कुम्भक गरेर सम्पूर्ण कर्मलाई डढाएर भगवानको सत्तामा आफ्नो सत्तालाई मिलाउनु नै यज्ञ हो । यस यज्ञबाट अनन्त आनन्द प्राप्त भई जन्म मृत्युको चक्करबाट मुक्त हुन्छ । जौ तिल अग्निमा हवन गर्नुमात्र यज्ञ हैन ।  

भगवान बुद्धले पनि प्रणायमरुप यज्ञ आनापानसतिको कुरा गर्नु भएको छ । विपश्यना ध्यानमा अहिले पनि आएको र गएको स्वासलाई हेर्ने कुरा सिक्न सिकाइन्छ । 

यसरी वास्तविक कर्म भनेको आफ्नो मनलाई विभिन्न यज्ञको माध्यमबाट आफ्नो इन्द्रियहरुलाई सयंमा गरि निरन्तर इश्वरको आरधना गर्नु, भक्ति गर्नु र इश्वरसँग अभिन्न भएर बस्नु हो । जब, इश्वरको अभिन्नस्वरुप भएर बसिन्छ भने त्यहाँ कुनै पनि कर्मप्रति फला आसिक्त हुँदैन, अहंकार हुँदैन र स्वतः हुने क्रियामा ऊ स्वतह नै सम भाव रहन्छ । यस बाहेक जति पनि कर्म छन् सबै नै कर्मबन्धनमा बाधिने हुन्छन् । 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार