उल्लासका लहडमा नबसेर बानी
नौला विचार वय छन् वयमा जवानी!
विश्वास वैभव बनी म भए बिहानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
यी अन्ध खोल सबमा नपरे समाज
नाङ्गै हिँडे पनि कतै छ हुने र लाज?
छन् चेतना नव विचार बने सिरानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
टिप्दै लिँदै सुनहरा सब टापु टापु
झर्ना दिगन्त बहने मनभित्र च्यापूँ!
सङ्लो जलाशय बनी सब झार छानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
जीवन्त सेवक भई म हिँडे अगाडि
आफैँ म नायक हुने नहुने पछाडि!
कर्तव्यशील जगको म भए सिरानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
फालेर स्वार्थ जति छन् म बने उदार
खुल्ने सबैतिर जमेर परोपकार!
सम्मान मान नफुलूँ म बनेर बानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
दाता बनूँ दलितको म भएर खानी
सामन्त सामु म बनूँ जलको खरानी!
अग्लो म आड सबको हुनु पर्छ पानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
छान्दै म खान्छु ठगको नमिठो खुराक
गर्दै म हिँड्दछु अरू जनको सुराक!
लाएर सान म हिँडे छु र स्वाभिमानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
बोल्दा विचार मनले छलछाम पारी
ओठे जबाफ छ दिने महको भकारी!
यस्ता सबै विगत छन् निखनी खरानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
उत्पात पात मन प्रेमिलमा मिलेमा
विश्वास विश्वबिचमा(नवता खिलेमा !!
जो फाल्छ छुद्रपनको छ चिरेर बानी
संस्कार मानक मिले दिल हुन्छ ज्ञानी!!
(वसन्ततिलका)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com