Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गजल

गजल

मन भित्र लुकेको पिडा बोल्न नसकेर बस्छ

हाँसो ‌सजाए ‍औठमा,आँशु लुकाएर बस्छ ।

 

तिमि टाढा भएर पनि नजिक झै लाग्छौ,

यादको जन्जिरले चट्क्कै मुटु रेटेर बस्छ ।।

 

सपना सबै अकल्पित छन्, दोष समयलाई दिएँ

मनचाहि तिमिमै अडिएर,रोकिएर बस्छ ।।

 

सबैले सोध्छन् ठिक छौ ? म भन्छु ठिकै छु ,

भित्रको एक्लोपन मौन भएर बस्छ ।।

 

नलेखिएका कयौ कुरा मनमै थुनिएका छन्

कलम समाउदा पनि शब्द डराएर बस्छ ।।

 

यदि कहिल्यै मेरो मौनताले तिमिलाई छोयो भने

वुझ, अझै यो मन तिम्रो पर्खाईमा बस्छ ।।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार