सहकारी अभियानप्रति सदस्यहरुको विश्वास बढाउन केवल ५ वटा काम इमानदारीपूर्वक गरे पुग्छ:
१.प्रत्येक सहकारी संघ संस्थाका सञ्चालकहरुले सहकारीको वास्तविक पुँजी आफ्ना सदस्य हुन् जसलाई उनीहरुले सेवामार्फत संस्थाप्रति बफादार बनाइरहनुपर्छ ।
२. प्रत्येक सहकारीले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र भूगोलका हिसाबले सेवा र सुविधाहरु निर्धारण गरी सदस्य सन्तुष्टिको अधिकतम प्रयासहरु गरिरहनुपर्छ ।
३.सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा रहने अभियन्ताहरुले सुशासन दृश्यमा देखिने वस्तु होइन यो त सरोकारवालाहरुले महशूस गर्ने अत्यन्तै महत्वपूर्ण विषय हो भनेर वास्तवमै अन्तर्मनले बुझ्नुपर्दछ । अनि, व्यहारमा लागू गर्नुपर्दछ । संस्थागत सुशासन अत्यन्त जरुरी छ ।
४.सहकारी संघ संस्थामा कार्यरत कर्मचारीहरु, समिति र सदस्य अनि नियामक निकाय बीचका सेतु हुन, धरोहर हुन् । यदि यी कमजोर भए भने संस्था तथा अभियानमा ठूलो समस्या आउन सक्छ भन्ने विषयलाई सबैले अत्यन्तै गहन र जिम्मेवारीपूर्वक लिनुपर्छ ।
५. राजनीतिमा सहकारिता हुनुपर्छ–सहकारीमा राजनीति होइन । आज नेपालको सहकारी अभियानमा मडारिएका काला बादलका धब्बाहरु यिनै सहकारीभित्रका राजनीतिका बाछिटाहरु हुन् । तसर्थ यो बन्द हुनुपर्छ अनिमात्र सहकारी अभियानप्रति विश्वास बढ्छ ।
(सहकारी अभियन्ता सुदिप ढकालको विचार)
(एआई इमेज)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com