Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार साउनदेखि पुस मसान्तत सम्ममा ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

चालू आर्थिकम वर्षमा ७ वटा ठूला, ८ वटा मध्यम र ४ सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । प्रत्यक्ष वैदेशिक लगानीको अहिलेसम्मको कुल प्रतिबद्धता भने ७ हजार ७ सय १३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख बराबर रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार