Aug 01 2026 | २०८३, साउन १६ गते

Aug 01 2026 | २०८३, साउन १६ गते

Follow us

वाणिज्य बैंकहरुको नाफामा सामान्य वृद्धि

वाणिज्य बैंकहरुको नाफामा सामान्य वृद्धि

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा सामान्य उकालो लागेको छ । गत वर्षको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिको तुलनामा नाफा १.४० प्रतिशतले वृद्धि भएको हो । 

चैत मसान्तसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा  ५६ करोड ८० लाख ५७ हजार रुपैयाँले बढी हो । गत वर्ष बैंकहरुको नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको थियो । 

यस अवधिमा आइपुग्दा हाल सञ्चालनमा रहेका २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेको छ भने नौं वटा बैंकहरुको नाफा घटेको छ । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले चालु आवको नौं महिनामा पाँच अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार नाफा बढाउने अन्य बैंकहरुमा ग्लोबल आईएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ३८.६१ प्रतिशत, प्रभुको ३.५१ प्रतिशत, एनएमबीको ५.८८ प्रतिशतले बढेको हो । 

त्यसैगरी सानिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेको छ । नेपाल बैंकको २०३२.८० प्रतिशत, लक्ष्मी सनराइज बैंकको नाफा २.२४ प्रतिशत, नेपाल एसबीआई बैंकको नाफा ३.३६ प्रतिशतले बढेको छ भने माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशले नाफा बढेको छ । 

bank 1.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार