Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

मोरङ । बेलबारीका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) को बेलबारीमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य-कला परिषद् नेपालको आयोजनामा बेलबारीमा उक्त कृतिको लोकार्पण गरिएको हो ।  

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा भीम खतिवडा, कार्यक्रमका सभाध्यक्ष कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा. दीपकप्रसाद न्यौपाने, बेलबारीका अग्रज स्रष्टा, उपद्रष्टा हर्कमान तामाङ, लेखक नवशिला तथा उहाँका पिता लक्ष्मीप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट कृतिको लोकार्पण गरिएको थियो । 

WhatsApp Image 2026-02-20 at 08.12.39.jpeg
undefined

लोकार्पित कृतिको समीक्षा डा. दीपकप्रसाद न्यौपानेले गर्नुभएको थियो । महेन्द्र बहुमुखी क्याम्पस, धरानका नेपाली विभाग प्रमुखसमेत रहेका न्यौपानेले ‘नवशिला’ को ‘सिलसिला’ भित्रका मुक्तकले विविध विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । समीक्षक न्यौपानेले कृतिमाथिको बृहत् चर्चा गर्नुभएको थियो । नयाँ कृतिका लागि बधाई दिँदै कृतिकारलाई आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न सुझावसमेत दिनुभयो । कार्यक्रममा युवा कवि सिजन श्रेष्ठले लेखकको जीवनी तथा व्यक्तित्वको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि प्राडा भीम खतिवडाले कृतिकारको साहित्यिक सक्रियताको खुलेर प्रशंसा गर्दै यसको निरन्तरताको कामनासमेत गर्नुभयो । सभाध्यक्षको मन्तव्य प्रस्तुत गर्दै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले संस्थाले फरक शैलीबाट कार्यक्रम अघि बढाएको बताउनुभयो । कृतिकार पोखरेलले आफूलाई लेखक बनाउनमा आफ्नी धर्मपत्नी शिला भण्डारीको ठुलो हात रहेको बताउनुभयो ।

WhatsApp Image 2026-02-20 at 08.12.41.jpeg
undefined

कार्यक्रममा असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव एवम्  सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाईँलगायतको शुभकामना मन्तव्य रहेको थियो । बोल्ने सबै वक्ताले संस्था तथा कृतिकारलाई बधाई तथा शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा डा. नरेन्द्र चापागाईँ साहित्य प्रतिष्ठानका अध्यक्ष, अग्रज स्रष्टा सरला चापागाईँ, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल,  नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, लेटाङ साहित्य कला सङ्गमका निवर्तमान अध्यक्ष डिल्लीराम ओझा, विराट मैथिल नाट्य कला परिषद् विराटनगरका अध्यक्ष डोमी कामत, नोबेल साहित्य साकोसका उपाध्यक्ष भूपाल अधिकारीलगायतका स्रष्टाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2026-02-20 at 08.12.40.jpeg
undefined

कार्यक्रममा बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली, नानुमाया दाहाललगायतका स्रष्टाले लोकार्पित कृतिभित्रका रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सुरुआतमा साहित्य विभाग सहसंयोजक, लघुकथाकार शारदा दाहालले उपस्थित सबैलाई शब्दले स्वागत गर्नुभएको थियो । कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो ।

WhatsApp Image 2026-02-20 at 08.12.41 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार