काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले २६औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ को अवसरमा 'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' आयोजना गरेको छ । फागुन ९ गते शनिबार आयोजित उक्त महोत्सवमा ४२ भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियो प्रारम्भमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरी तथा शोभायात्रा समेत गरिएको थियो ।
महोत्सव उद्घाटन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालको मातृभाषा विभेदमा परेको बताउनुभयो । उहाँले मातृभाषाको संरक्षण र संवर्धनका नाममा ओपचारिकता मात्रै नभई सरकारले विशेष योगदान गर्नुपर्ने बताउँदै भाषिक र सांस्कृतिक हिंसा अन्त्यका लागि सबै जागरुक हुनुपर्नेमा जोडदिनु भएको थियो ।कुलपति राईले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध बनाउने र भाषा बचाउने धारणा राख्नुभयो ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सबै जातजातिका मातृभाषाको जर्गेना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार ,विमर्श र मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना प्रज्ञा-प्रतिष्ठानले गर्दै आएको बताउनुभयो । यसले समग्रमा मातृभाषाको उत्थान र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२ का संयोजक, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली अगिबले नेपालमा मातृभाषाको संरक्षण र सम्बर्द्धन गर्न आआफ्ना ठाउँबाट सबैले लामो त्याग र सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।
उहाँले २०७२ सालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषा र काठमाडौं महानगरले नेपालभाषामा पठनपाठनको व्यवस्था मिलाएको चर्चा गर्दै मैथिली लगायतका दर्जन बढी मातृभाषामा समेत विद्यालयमा पढाइ भइरहेको बताउनुभयो । उहाँले यसले गर्दा मातृभाषा बचाउन महत्त्वपूर्ण कार्य गरेको उल्लेख गर्नुभयो ।
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' मा ४२ भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियो। कविहरु दिवस राई-लोहोरुङ्ग ,प्रकाश याख्खा याक्खा,चम्मर राई-बाहिङ,शान्ता नाछिरिङ-नाछिरिङ,अर्जुन राई-दुङ्माली, जिडी राई-वान्तवा,रविन खालिङ राई-खालिङ,सहस्रा राई-चाम्लिङ,हिरामाया घिसिङ-तामाङ, विद्यानन्द यादव-मैथिली, नेपोलियन चेपाङ-चेपाङ, युवराज गुप्ता बैरागी-अबधी ,उपेन्द्रदास उपबिण-मगही ,प्रकाश कट्टारी-भोजपुरी, पवित्रा थापा मगर- मगर ढुट, दिलिप बुडा मगर-मगर खाम, सन्तोषी चौधरी-थारु, भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू-लिम्बू ,विवेक भट्टराई-संस्कृत, सविना महर्जन-नेपालभाषा , रेनुका कुमाल-कुमाल, देवीराम घोडासैनी देवर्षि-अछामी, सन्जाकुमारी दनुवार-दनुवार, तारादेवी सुनुवार-सुनुवार, सुरेन्द्र शाही'गुलाब कान्छो'-बाजुरेली, डम्बर थामी 'अनुपम'-थामी, कर्णदयाल सोडारी- बैतडेली, वर्षा धिमाल-धिमाल, बिपीन शेरचन-थकाली, मीना पन्त-डोटेली, सेर्कु शेर्पा- शेर्पा, ममता उराँव- उराँव, जयप्रकाश ताजपुरिया-ताजपुरिया, दीपक घिमिरे-नेपाली, रञ्जितकुमार राजवंशी-राजवंशी, भोगेन्द्र विश्वकर्मा हरविश-अछामी, तेजबहादुर च्हकाली तमु- गुरुङ, शिवचन्द्र प्रसाद साह-बज्जिका, विष्णु पुख्ग्याल भनभनेली-भुजेल, रविन रेग्मी-खस, सुनिलकुमार मुडियारी -मुण्डाले आआफ्नो मातृभाषामा कवितावाचन गर्नुभएको थियो।
कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी,घण्टार ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरी तथा शोभायात्रा गरिएको थियो । कार्यक्रममा थारु, नेवार मगर, लिम्बू ,थामी ,धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङ लगायतका आदिवासी जनजातिले आ-आफ्ना सांस्कृतिक झाकीहरू प्रस्तुत गर्नुभएको थियो ।
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' का सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गर्नुभएको प्राज्ञ चेतनाथ धमलाले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com