सम्पूर्ण भाइबहिनीहरूलाई स्वागत गर्न चाहन्छु
हाम्रो राष्ट्र बैंकको तर्फबाट तपाईहरुले पैसाको बारेमा बुझ्नुपर्दछ। पैसा भनेको के हो भन्ने कुरामा तपाईहरुले यही उमेरबाट बुझ्नुपर्दछ । अस्ति तराईमा पनि तपाईहरु जस्तै विद्यार्थीलाई बोलाएर हामीले जाली नोटको बारेमा जानकारी गराएका थियौं। पैसा भनेको के हो, पैसा कसरी म्यानेज गर्ने, कसरी खर्च गर्ने भन्ने कुरा सबैले बुझ्नुपर्दछ। आफ्नो जीवनमा पनि र आफ्नो अभिभावकको जीवनमा पनि पैसाको महत्व धेरै छ । हामी पैसा जहाँबाट ल्याउँछौं तर खर्च त्यहाँ गर्दैनौं । काम गरेको ठाउँबाट पैसा लिन्छौँ भने सामान अर्को ठाउँबाट लिन्छौं र खर्च अर्को ठाउँमा गछौं । त्यो पैसा हामीले कहाँ खर्च गर्नुपर्छ, तपाईँलाई चाहिने चियापति, चिनी, दूध कहाँबाट ल्याउनुहुन्छ, पक्कै पनि काम गरेको ठउँबाट ल्याउनु हँदैन । पहिला पहिलाको अवस्था अलि फरक थियो। सामान विनिमय हुन्थ्यो। अहिले सामानबाट सामान विनिमय हुँदैन पैसाबाट सामानको विनिमय हुन्छ । पैसा भनेको भ्यालु स्टोर गर्ने चिज हो। पहिला पहिला ऋण लिएर ऋण तिर्न नसक्दा या कैयौँ मानिस ऋण सदुपयोग गर्न नजान्दा वर्षभरि कसैको घरमा काम गर्नुपर्ने अवस्था थियो। अरुको पैसा लिएर ऋण तिर्न सकिएन भने पैसाको दुरुपयोग हुन्छ । यो मेहनत गरेर कमाएको चिज हो। यसकारण यसलाई सदुपयोग गर्न जान्नुपर्छ। पैसा केलाई मान्ने भन्ने कुरा अब फरक भइरहेको छ। अब कुनै दिन भर्चुअलका माध्यमबाट पैसा पठाउने दिन आउन सक्छ। पैसाहरु कसरी चलाउने भन्ने कुरा महत्वपूर्ण ज्ञान हो। तपाईं जुनसुकै पेशामा जानुस् यो कुरा जिन्दगी भरि आवश्यक छ । डक्टर बन्नुस्, इन्जिनियर बन्नुस्, इलेक्ट्रिसियन बन्नुस्, बैंकर बन्नुस् जुनसुकै प्रोफेसनमा जानुस् पैसाको बुझाइ र सोचाई स्पष्ट हुन जरुरी छ। धन्यवाद।
(ग्लोवल मनि वीकको अबसरमा नेपाल राष्ट्र बैंकद्वारा हिजो आयोजित कार्यक्रममा गभर्नर पौडलद्वारा व्यक्त विचारको सम्पादित अंश।)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com