Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उहाँले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको बताउनुभयो ।

बजेटमा सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनका लागि महत्त्वपूर्ण समेटिने बताउँदै मन्त्री डा. वाग्लेले गोरखकालीलगायत केही संस्थानलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

सरकारले अघि बढाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानबाट केही समूह अतालिएको बताउँदै उहाँले अनुसन्धान थप सशक्त बनाउँदै नियम विपरीत कारोबार गर्नेलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउन पनि सरकारले सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिँदै मन्त्री वाग्लेले वर्षौँदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी गराउनुभयो । यस्तै, मन्त्री डा. वाग्लेले युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार