Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

सहकारी व्यवस्थापनमा महिलाहरुको भविष्य कस्तो छ ? (भिडियो संवाद)

सहकारी व्यवस्थापनमा महिलाहरुको भविष्य कस्तो छ ? (भिडियो संवाद)

काठमाडौं । रुपन्देही बचत तथा ऋण सहकारी संस्था लि. मा विगत ८ वर्षदेखि व्यवस्थापन प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ सर्मिला गौतम भट्टराई । उमेरले युवा वयमै भएपनि अनुभवले धनी भइसक्नुभयो उहाँ सहकारी क्षेत्रमा । उहाँसँग केवल औपचारिक शिक्षा मात्र छैन, उर्जा पनि छ, हुटहुटी पनि छ ।

श्रीमान पनि सहकारी क्षेत्रमै भएकाले घरमा सहकारीका पुस्तकहरु हुन्थे र उहाँ फुर्सद निकालेर ती पुस्तक पढ्नुहुन्थ्यो । विस्तारै सहकारीमा रस बस्दै गयो । त्यही सिलसिलामा रोजगारीको अवसर पनि मिल्यो । सिधैं व्यवस्थापकीय बागडोर सम्हाल्ने । त्यसलाई अवसरका रुपमा लिनुभयो घर सल्लाहपछि ग्रिन सिग्नल पाउनुभयो र होमिनुभयो सहकारी क्षेत्रमा ।

एउटा छोरा र एउटा छोरीकी आमा सर्शिलालाई घरसँगै सहकारी पनि सम्हाल्ने गहन अभिभारा छ । तर, पनि उहाँले ती सबैलाई कुशल व्यवस्थापन गर्नुभएको छ । स्नातकोत्तरमा सहकारी विषयमै सोध गर्नुभयो । काममा लगनशीलता, इमानदारी र मिहेनले रंग ल्याएको छ । अन्यत्रबाट अवसरहरु प्राप्त भएपनि सदस्यहरुसँगको घनिष्ठ सम्बन्धसँगै आफूले करियरको प्रथम पाइला चालेको ठाउँलाई छोड्न नसकेको बताउने सर्मिला यसै क्षेत्रले थोरबहुत पहिचान दिएको भन्दै केही हदसम्म सन्तुष्टि पनि मिल्ने बताउनुहुन्छ ।

राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवस्थापक घोषित उहाँ केही दिनमै पुरस्कृत हुँदै हुनुहुन्छ र अन्य सम्मान पनि प्राप्त गरिसक्नुभएको छ । सहकारीले काम पनि दिलाएको छ नाम पनि । यद्यपि, यस क्षेत्रमा महिलाहरुलाई अघि बढ्न चुनौतीहरुको पहाड छ भन्नुहुन्छ । पितृसत्तात्मक सोच बाधक छ सबैभन्दा बढी भन्नुहुन्छ सर्मिला । महिलाहरुले अवसर पाउने हो भने गर्न नसक्ने केही छैन भन्नुहुन्छ उहाँ ।

क्षेत्र पनि अहिले संकटमा छ  । सहकारीमा काम गर्ने भन्दा समाजले हेर्ने दृष्टिकोण पनि संशयपूर्ण छ । तर, पनि व्यक्तिहरुको आचरणका कारण समस्या आएपनि सबै सहकारीहरु नराम्रा नभएको र क्षेत्रले प्रचुर सम्भावना बोकेको सर्मिला बताउनुहुन्छ ।

मान्छे न हो, कहिलेकाही विचार तरंगित हुन्छ । सहकारी क्षेत्रका चुनौती र पछिल्ला केही वर्ष विकसित भैरहेको नराकारात्मकताले कहिलेकाहीं मनमा संशय पनि पैदा गर्छ । एक खालको 'डिलेमा' मा पर्नुहुन्छ तर पनि यसै क्षेत्रले आफूलाई चिनाएको भन्दै सम्हालिनुहुन्छ । पासपोर्ट बनाएर बिदेश हुइकिने सोचमा पुग्नुभएकी सर्मिलाको सहकारी साइनो, व्यवस्थापकीय जिम्मेवारी र चुनौती, सहकारीका सम्भावना र मुख्यतः महिलाहरुलाई सहकारी क्षेत्रमा सम्भावना र चुनौतीबारे धिप्री डटकमले संवाद गरेको छ । प्रस्तुत छ उक्त भिडियो संवादको सम्पादित अंश:

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार