Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
धिप्री संवाद

उदयदेब बहुउद्देश्यीयसँगै सहकारी क्षेत्रको सम्भावना र चुनौती: गणेश बहादुर चन्द (भिडियो)

उदयदेब बहुउद्देश्यीयसँगै सहकारी क्षेत्रको सम्भावना र चुनौती: गणेश बहादुर चन्द (भिडियो)

काठमाडौं । सुदूर पश्चिममा मात्र नभई मुलुकका सञ्चालित खासगरी बचत तथा ऋण बाहेकका सहकारीहरुमध्येका राम्रा र अनुकरणीय सहकारीमा पर्दछ-कञ्चनपुरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि. । २०५६ सालमा २५ जना मिलेर स्थापना भएको १० लाख शेयर पुँजीबाट स्थापना गरिएको संस्था सदस्यहरूको विश्वास, पारदर्शिता, सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका आधारमा देशकै उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रूपमा स्थापित भएको छ ।

२ अर्ब ७१ करोड बढी कुल सम्पत्ति भएको उदयदेव सहकारी संस्थामा हाल २६ हजार २ सय बढी सदस्य छन् भने संस्थागत पुँजी करिब ८ प्रतिशत छ । संस्थामा हाल  ७० जना कर्मचारी कार्यरत छन्, जसमा ३६ जना पुरुष र ३४ जना महिला कर्मचारी छन्। सुदूरपश्चिममा ४ जिल्ला कार्यक्षेत्र रहेको संस्थाको १० वटा सेवा केन्द्र छन् । संस्थाले वित्तीय कारोबारसँगै ५ वटा क्षेत्रमा काम गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका काममा पनि आफूलाई परिचित गराएको छ । यस्तो, संस्थाको स्थापनाकालदेखि नै जोडिदै आउनुभएका स्तम्भहरुमध्येका एक (स्थापनाकालका सचिव तथा हाल प्रमुख कार्यकारी अधिकृत) हुनुहुन्छ गणेश बहादुर चन्द । 

५३ वर्षीय चन्दसँग सञ्चालक समितिको सचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेको अनुभव छ । मलेसियाबाट डिप्लोमा इन कोअपरेटिभ गर्नुभएका चन्दले भारत र बङ्गलादेश, सिंगापुर, फिलिपिन्स र आयरल्यान्डबाट पनि सहकारी सम्बन्धी विशेषज्ञ ज्ञान र तालिम हासिल गर्नुभएको छ । मोफसलमा बसेर मजबुत सहकारीको व्यवस्थापकीय बागडोर सम्हालिरहनुभएका चन्द हालै काठमाडौं आउनुभएको बेला धिप्री डटकमले संस्थाको अवस्था, सहकारी क्षेत्रको सम्भावना र समस्या र समाधानका उपायहरुबारे लामो भिडियो संवाद गरेको थियो । प्रस्तुत छ उक्त संवादको सम्पादित अंश:

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार