Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
धिप्री संवाद

सहकारी क्षेत्रमा काम गर्दाको आनन्द अन्त कहाँ पाइन्छ र ? :अभियन्ता गोमा नेपाल (भिडियोसंवाद)

सहकारी क्षेत्रमा काम गर्दाको आनन्द अन्त कहाँ पाइन्छ र ? :अभियन्ता गोमा नेपाल (भिडियोसंवाद)

काठमाडौं । मुलुकका अन्य क्षेत्रहरु जस्तै संविधानले चिनेको सहकारी क्षेत्र पनि चुनौतीहरुबाट टाढा छैन । पछिल्लो समय त झन् यो क्षेत्रमा चुनौतीहरु चुलिएका छन् । केही ठूला भनिएका र देशभर कार्यक्षेत्र भएका सहकारीहरु समस्याग्रस्त हुनु, अरु धेरै सहकारीहरु सदस्यहरुको बचत रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुग्नु, लगानी भएको ऋण समयमै नउठ्नु तथा सुशासनमा गम्भीर प्रश्न चिन्ह लाग्नु आदि कारणले यो क्षेत्रप्रति जनविश्वासमा संकट उत्पन्न भएको छ ।

_DSC6912_11zon (1).jpg
गोमा नेपाल

यसै सन्दर्भमा, करिब २५ वर्षदेखि सहकारी अभियानमा संलग्न रहँदै आउनुभएकी अभियन्ता गोमा नेपाल पनि यो क्षेत्रमा चुनौतीहरु बढे पनि राम्रा र उदाहरणीय सहकारीहरुको प्रभाव पनि निक्कै धेरै भएको दाबी गर्नुहुन्छ । सहकारी क्षेत्रमा नकारात्मकता बढी भएको भन्दै समुदायमा आधारित सहकारीहरुमार्फत भए गरेका कामहरुको प्रचारप्रसार पनि कम भएको उहाँ तर्क गर्नुहुन्छ ।

सहकारीका तमाम अफ्ठ्याराहरुलाई एकैछिन पर राखेर यो क्षेत्रमा रहेर समुदायका सप्तरंगी सदस्यहरुको जीवनमा ल्याउन सकिने परिवर्तन, सदस्यहरुबाट प्राप्त हुने कृतज्ञता, सरोकारवालाहरुको हौसला प्रेरणा आदिलाई सम्झने हो भने त यो क्षेत्रमा काम गर्दाको आनन्द बेग्लै हुने दाबी नेपाल गर्नुहुन्छ । असल मनसायका साथ वित्तीय अनुशासनमा बसेर साँच्चिकै सदस्यहरुको जीवन रुपान्तरणमा अहोरात्र लाग्छु भन्नेका लागि यो क्षेत्रले दिने सन्तुष्टि बेग्लै हुने उहाँ सुनाउनुहुन्छ ।

केही दिन अघि धिप्री डटकमसँगको बसाइमा उहाँले आफ्नो सहकारी जीवन, आफूले प्रतिनिधित्व गरेको मोरङ उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था, दुई कार्यकाल सञ्चालक निर्वाचित हुनुभएको नेफ्स्कून, नेफ्स्कून निर्वाचनमा बेहोर्नुपरेको हार र त्यसका पछाडिका कारण, जिल्ला र प्रदेश संघमा संलग्नता, सहकारी क्षेत्रमा महिलाहरुको नेतृत्वदायी भूमिका, महिलाहरुलाई हेर्ने दृष्टिकोण, सँगै सहकारी क्षेत्रका बहुआयामिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।

प्रस्तुत छ उक्त भिडियो संवादको सम्पादित अंश:

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार