Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
चिन्तन

जीवनमा यो प्रश्न किन उठ्दैन ?

जीवनमा यो प्रश्न किन उठ्दैन ?

दिप रत्न शाक्य

यो जगतमा अधिकांश मानिसहरुलाई मानव जीवन के हो र के उद्देश्यका लागि हो  भन्ने बोध नै नभई समय बितेर गएको ज्ञात नै हुँदैन । नगन्य मानिसहरु मात्र मानव जीवन भित्रको रहस्यको खोजी गर्ने गर्दछन् । हरेक व्यक्ति सामाजिक परम्परा, मूल्य मान्यता र संस्कार संस्कृतिमा बाँधिएको हुन्छ तर के उद्देश्य तथा  पाउनको लागि हो र पाइरहका छौं कि छैनौं भन्ने स्पष्ट ज्ञान भने कसैलाई छैन । हामी भगवानले रक्षा गर्नुहोस्, क्षमा गनुहोस् भन्दै धर्म कर्म पुजा पाठ तीर्थ ब्रत त गर्दछौं तर भगवानले रक्षा गर्नु भएको छ कि छैन भन्ने पनि थाहा हुँदैन । 

मानव जीवन रहस्यमय छ । जो देखिन्छ, इन्द्रिय चेतनाले अनुभूति गर्दछ त्यो भन्दा हजार गुणा बढी चेतना का भावहरू रहस्यको रूपमा हाम्रो शरिर भित्र लुकेका छन् । त्यसैले पाप र पुण्यको कुरा गरिन्छ । कुनै प्राणीको मृत्यु हुँदा वा मारिँदा हामिलाई त्यति दुःख लाग्दैन जति मानिसको मृत्यू हुँदा दुःख लाग्ने गर्दछ । मानिसको हत्या गरियो भने अपराध गरेको मानिस सजायँको भागीदार बनाइन्छ  । अपराध गर्नेले पनि गरेको गल्ती जीवन भर भुल्न सक्दैन । किन र के कारण होला त ? किन मानिसले मात्र स्वर्ग, नकर्, मुक्ति, मोक्ष पुनर्जन्मका कुराहरु गरिन्छ त ?  अवश्य गहिरो कारण छ ।

तर आज मानिस जीवनको अधिकांश उर्जाशील समय अर्को व्यक्तिको जीवनशैलीसँग दाँजेर विलासीर ऐय्यासीमा जीउन उद्दत छ । जीवन भर त्यसैको लागि संघर्ष गरिरहन्छ । थाहै नपाई मानिसलाई भयानक नशाको आदत परिसकेको हुन्छ । मानसिक रोग लागि सकेको छ । त्यहि नशाको आदतले अर्को मान्छेलाई मान्छे देख्दैन । मान्छेमा गन्दैन । तर जव जीवन यात्राको  एउटा बिन्दुमा आइ पुग्दा बोध हुन्छ कि यो सबै ब्यर्थ रहेछ भन्ने मनस्थितिमा पुग्दछ । र जीवनलाई नै बुझ्न सकिन भन्दै पछुताउँदै संरार छोड्न बाध्य हुँदछ । यहि नै  आम मानव जीवनको आजको यथार्थ हो ।
मानव जीवन के हो त ?

मानिसको जीवनको प्रारब्धमा जाऔं । के हाम्रो जीवन हाम्रो ईच्छाले पाएको हो त ? हाम्रो चाहनाले यस धर्तिमा आएका हौ त ? अवस्य हैन । यो त बाबु आमाको देन हो । तर बाबु आमाले पनि तिमीलाई नै जन्माउछु भनेर सम्भोग गरेका हुँन त ? त्यो पनि हैन । संभोग त स्त्री र पुरुष बिचको प्रेमको उच्चतम अभिव्यति हो । एक अर्का प्रति पुर्ण समर्पणको अवस्था हो । परस्पर गहिरो आनंद प्राप्त गर्ने प्राकृतिक मनोरन्जनको आधार स्तम्भका साथै खेलखेल मैं नयाँ जीवन सिर्जना हुँने प्रकृया हो ।  बिज्ञानले प्रमाणित गरि सकेको छ कि एक पटक सम्भोग गर्दा करोडौं सुक्रकिटहरू बाहिर निस्कन्छन् । त्यस मध्ये एउटाले मात्र अवसर पाउँछ । त्यो तिमी नै कसरि  त ? कुरा बुझ्नु पर्ने यहिं हो ।

तिमी न आफ्नो चाहनाले यहाँ आएका हौ न त बाबु आमा को इच्छाले आएका हौ । अघिल्लो जन्ममा गरेको कर्मले डोर्याएर ल्याएको हो । यस धर्तीमा आउनु एक संयोग हो । त्यो संयोग माता पिताले जुराई दिए । तिमीले यो संयोगलाई अवसरमा बदल्नु पर्दछ ।

सबैको जीवनमा यो प्रश्न किन उठ्दैन त ?
यो सारा अस्तित्व चलाउने एउटा शक्ति छ । जसलाई ईश्वर भनौं या परमात्मा भनौं या नामै नदिऔं । जसले यो अस्तित्व लाई सरल र सन्तुलनमा चलाइ राखेको छ । त्यसैले यस धर्तिमा प्रत्येक जीव र  बस्तुको कुनै न कुनै भुमिका , अर्थ र उद्देश्य अवश्य छ । यसलाई पर्यावरणीय सन्तुलन भनौ या परमात्मको लिला भनौं सँधै सन्तुलित रहि रहेको छ । रहि  रहन्छ नै । मानव जाति पनि यहि सन्तुलनको एउटा हिस्सा हो । तर अरु जीवहरु भन्दा मानव जाति किन भिन्न छ त ? यस जगतका अन्य बस्तु तथा जीवहरुको भुमिका पर्यावरणीय सन्तुलको लागी मात्र  हो  भने मानव जातिको भुमिका पर्यावरणीय सन्तुलनका साथै जीवात्मा (शरिर) बाट मुक्त भई परमात्मा (अशरिर अर्थाति जन्म र मरणको चक्रबाट मुक्त) मा लिन हुँने मूल उद्देश्यका लागि  हो । त्यसैले मानव जीवनको बिषेश महत्व र अर्थ छ ।

यस धर्तीमा मानब जातिका २ आयम छन्ः 
१) विकास र २) बिस्तार 

१) विकास

भनिन्छ, यस जगतमा जीवात्माले ८४ लाख योनि पारगरी सकेपछि मात्र मानव योनिमा अवसर पाउँदछ र मानिसको जन्म हुँदछ । किन यति धेरै जीवाणुको जीवन पार गरेर आउनु परेको होला त  ? मानव जाती अरु जीवहरु भन्दा फरक उदेश्यका लागि भएकोले चेतनाको बिकाश क्रममा चरणबद्ध रूपमा बिभिन्न योनिहरु पार गर्दै आउनु परेको हो । यहाँ मानवको जीवन र अरु प्राणिहरुको जीवनमा केहि न केहि भिन्नता र रहस्य अबस्य छ । यही रहस्यले गर्दा मानवको जीवन महत्वपूर्ण, अर्थपुर्ण र बिशिष्ट छ ।

जब जीवात्मा  मानव योनीमा प्रबेश गर्दछ उसको मानव जीवनको जीवन यात्रामा पनि चेतनाको बिकाश क्रम जारी रहन्छ र एकै जुनिमा पुर्ण हुँदैन। चेतनाको बिकाश क्रममा आत्माले बारम्वार जन्मलिइ रहनु पर्दछ । र प्रत्येक जन्ममा उसको चेतनाको बिकाश हुँदै जाने गर्दछ । चेतनाको विकाशको क्रम व्यक्तिको स्वभाव, पारिवारिक बातावरण, सामाजिक संरचना, जाती, धर्म, संस्कार र संस्कृतिले प्रभाव पारेको हुन्छ । चेतनाको विकाश हुँदै जाने क्रममा प्राण उर्जाले मुक्तिको बाटो खोज्दछ । जब सम्म प्राण उर्जा मुक्त हुँदैन तब सम्म पुनर्जन्म लिइनै रहन्छ । अघिल्लो जन्ममा गरेको कर्मको आधारमा यस जन्ममा बैराग्यता प्रगाढ हुँदै गई प्राण ऊर्जाले मुक्ति खेज्ने गर्दछ र त्यस व्यक्तिलाई समय र परिस्थितिले बातावरण श्रृजना गरि दिने गर्दछ । र, उसले अध्यात्मको यात्रा तय गर्दै मुक्तिको बाटो रोज्दछ । हुँन त मानव जुनि नै मुक्तिको लागि हो भनिन्छ  तर चेतनाको विकाश क्रममा सबै मानिस एकै जन्ममा मुक्त हुन सक्दैनन् । 

२) बिस्तार 

प्रकृति आफूलाई फैलाउन चाहन्छिन् । उनको स्वभाव बिस्तार अर्थात फैलाउने खालको हुन्छ । त्यसैले प्रकृतिले एउटा बिजबाट हजारौं बिजहरु पैदा गर्ने बातावरण मिलाई दिन्छिन् । प्रकृतिमा आकर्षण हुन्छ । बिजलाई प्रकृतिले आकर्षित गर्दछ । जुन बिज प्रकृति प्रति बढी आकर्षित हुन्छ, त्यसको बिस्तार तेज गतिमा हुने गर्दछ । त्यस मध्ये मानिस पनि एक हो । जो पुरुष स्त्री सँग बढी आकर्षित हुन्छ उसको सन्तान धेरै हुने गर्दछ । पुरुष भनेको बिज हो भने स्त्री भनेको प्रकृति हो धर्ती हो । जसरी धर्तीको अफुतिर तान्ने गुरुत्वाकर्षण हुन्छ त्यसैगरी, नारीमा पुरुषलाई आकर्षित गर्ने गुण हुँदछ । त्यसैले उनी आफूलाई सजधज गर्छिन् ।  अर्को कुरा चेतनाको विकाश क्रममा एक दुई जुनीमै ुक्तिको प्यास नहुने हुनाले मानिस संसारिक मायामोह मै भुल्दछ । माया मोह भन्नु नै वंशज बिस्तार गर्नु हो । अस्तित्वको नियमलाई निरन्तरता दिनु हो । जबसम्म माया मोह छुट्दैन, मानिसको रुचि अध्यात्ममा हुँदैन । जबसम्म अध्यात्ममा रुचि हुन्न, आन्तरिक चेतना परिपक्व हुँदैन । र मानिस जन्म र मृत्युको गोलचक्करमा घुमिरहन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार