Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

महेश–छात्र–परिषद्को पुस्तान्तरण: रामानन्दीय प्रज्ञापरम्पराको नयाँ अध्याय

महेश–छात्र–परिषद्को पुस्तान्तरण: रामानन्दीय प्रज्ञापरम्पराको नयाँ अध्याय

डा.उमेशप्रसाद घिमिरे

गुरुकुलीय चेतनाबाट प्रज्ञासङ्गठनसम्म

महेश–छात्र–परिषद् कुनै सामान्य पूर्वविद्यार्थी संस्था मात्र होइनस यो महेश संस्कृत गुरुकुलम्‌ले निर्माण गरेको प्रज्ञा, संस्कार र साधनाको जीवन्त उत्तराधिकार हो । वि.सं. २०५० मा ब्रह्मलीन सन्तशिरोमणि डा। स्वामी रामानन्द गिरिज्यूद्वारा स्थापित महेश सन्न्यास आश्रमले वि.सं.२०५२ देखि देवघाटधाममा सञ्चालन गर्दै आएको महेश संस्कृत गुरुकुलम् तथा महेश संस्कृत विद्यापीठमा अध्ययन गरेका छात्रहरूको साझा प्राज्ञिक–आध्यात्मिक सङ्गठनका रूपमा महेश–छात्र–परिषद्को विकास भएको हो । गुरुकुलबाट प्राप्त ज्ञानलाई जीवनमा रूपान्तरण गर्नु र संस्कारलाई समाजसेवामा परिणत गर्नु परिषद्को मूल अभिप्राय रहँदै आएको छ ।

सत्सङ्कल्पबाट स्थापना

ब्रह्मलीन गुरुदेव स्वामी डा. रामानन्द गिरिज्यूकै सदिच्छा, सत्प्रेरणा र प्रत्यक्ष सान्निध्यमा गुरुकुलबाट आचार्यतह उत्तीर्ण गरी बाहिरिएका डा. उमेशप्रसाद घिमिरेको अध्यक्षतामा वि.सं. २०६५ आषाढ २७ गते महेश–छात्र-परिषद् गठन भएको थियो । ११ सदस्यीय पहिलो कार्यसमितिबाट आरम्भ भएको यो यात्रा आज १८ वर्षको प्राज्ञिक अनुभव बोकेर पुस्तान्तरणको नयाँ चरणमा प्रवेश गरेको छ ।परिषद्को स्थापना केवल संस्था निर्माण थिएनस गुरुकुलीय शिक्षा, गुरु–शिष्य परम्परा र सामाजिक उत्तरदायित्वलाई संस्थागत स्वरूप दिने दूरदर्शी प्रयत्न थियो ।

सत्र वर्षको साधना: कर्मबाट पहिचान

स्थापनादेखि नै परिषद्ले महेश संस्कृत गुरुकुलम्‌सँग सहकार्य गर्दै प्राज्ञिक, आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय गतिविधि सञ्चालन गर्दै आएको छ । ‘अनुभूति’ अनुसन्धानात्मक पत्रिकाको प्रकाशनले परिषद्को बौद्धिक अभिरुचिलाई अभिव्यक्त गर्‍यो । गुरुपूर्णिमामा सामूहिक गुरुपूजन तथा आचार्यहरू रामजीप्रसाद, पीताम्बर दाहाल, शुकदेव पौडेल, बुद्धिनाथ अधिकारीलगायत गुरुहरूको अभिनन्दनले गुरु–शिष्य सम्बन्धलाई संस्थागत सम्मान प्रदान गर्‍यो । वैदिक संस्कृतिमूलक देउसी–भैलो, कविगोष्ठी, वक्तृत्वकला प्रतियोगिता तथा शास्त्रीय–दार्शनिक विद्वत्सङ्गोष्ठीले परिषद्को सांस्कृतिक र प्राज्ञिक सक्रियतालाई व्यापक बनायो ।

वि.सं.२०७५ मा महेश गुरुकुलमा सम्पन्न श्रीमद्भागवत ज्ञानमहायज्ञमा परिषद्को स्वयंसेवी सहभागिताले सेवा र साधनाको समन्वय प्रस्तुत गर्‍यो । गुरुकुलीय छात्रहरूको उपचारार्थ आर्थिक सहयोगदेखि विशिष्ट संस्कृतविद्हरूको अभिनन्दनसम्म परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।

प्रा.डा. दीर्घराज घिमिरे, प्रा.डा. विद्यानाथ उपाध्यायलगायत विशिष्ट विद्वान्को सम्मानले ज्ञानपरम्पराप्रति कृतज्ञता अभिव्यक्त गर्‍यो । ब्रह्मलीन गुरुदेवको भौतिक अवसानपछि श्रद्धाञ्जलीसभा, विशेष स्मरण तथा श्रद्धापुष्प अर्पणले गुरु–स्मृतिलाई जीवन्त राख्यो । आश्रमका संस्थापक सचिव माधव पौडेलप्रति श्रद्धाञ्जलीदेखि गुरुकुलका विविध गतिविधिको लेखन–प्रकाशनसम्म परिषद्को सक्रियता विस्तार हुँदै गयो । यसै क्रममा वि.सं.२०८२ को बृहत् पाशुपत परिक्रमा सम्पन्न गर्न परिषद्ले बौद्धिक तथा भौतिक दुवै प्रकारको योगदान पुर्‍यायो ।

WhatsApp Image 2026-08-17 at 18.31.51.jpeg
undefined

सहकार्यको विस्तृत क्षितिज

महेश–छात्र–परिषद्को कार्यक्षेत्र परिषद्को आफ्नै संरचनामा सीमित छैन । गुरुकुल प्रवर्धन समाज, त्रिशक्ति एकादशी नारीशक्ति समाज, घरघरमा गुरुकुल अभियानलगायत गुरुकुलीय चेतनाबाट प्रेरित विभिन्न संस्था तथा अभियानसँग परिषद्ले प्रत्यक्ष-अप्रत्यक्ष सहकार्य गर्दै आएको छ । यस सहकार्यले एउटा महत्वपूर्ण तथ्य स्थापित गरेको छ-गुरुकुल एउटा भवन होइनस यो संस्कार, साधना, ज्ञान र सामाजिक उत्तरदायित्वको विस्तृत जीवनदृष्टि हो ।

१७ वर्षपछि संस्थागत वैधानिकता

वि.सं. २०६५ मा गठन भएको परिषद् लामो समयसम्म औपचारिक दर्ताबिनै प्राज्ञिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रह्यो । तर संस्थागत निरन्तरता, वैधानिकता र भावी पुस्ताको उत्तरदायित्व सुनिश्चित गर्न स्थापनाको १७ वर्षपछि परिषद्लाई तदर्थ समितिमा रूपान्तरण गरी वि।सं। २०८२ फागुन २३ गते भरतपुर महानगरपालिका तथा चितवन जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरिएको हो ।दर्ताले परिषद्लाई केवल कानुनी पहिचान दिएको छैनस यसले संस्थाको दीर्घकालीन यात्राका लागि उत्तरदायित्वको नयाँ आधारसमेत निर्माण गरेको छ । यही वैधानिक यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा वि.सं. २०८३ श्रावण ३० र ३१ गते द्विदिवसीय साधारणसभा तथा दर्तापछिको प्रथम महाधिवेशन सम्पन्न भयो ।

शङ्कराचार्यमठमा ऐतिहासिक पुनर्मिलन

महाधिवेशनको पहिलो दिन पशुपतिस्थित शङ्कराचार्यमठको सभाकक्षमा परिषद्का अध्यक्ष डा. उमेशप्रसाद घिमिरेको सभाध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रममा वैदिक अनुसन्धान गुठी ९वाग्० का संस्थापक अध्यक्ष तथा ब्रह्मलीन स्वामी डा। रामानन्द गिरिज्यूबाटै सन्न्यासदीक्षा ग्रहण गर्नुभएका डा. स्वामी केशवानन्द गिरि (डा. के.एन. स्वामी)  को विशेष सहभागिता रह्यो । सचिव शिवराज लामिछानेले ‘महेश छात्र परिषद् स् विगत, वर्तमान र भविष्य’ शीर्षकको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राममणि कुइँकेलले लेखापरीक्षण गरिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सदस्य शालिग्राम ढकालले स्वागत मन्तव्य राख्नुभयो । अध्यक्ष डा. घिमिरेले डा. के.एन. स्वामीको सान्निध्य तथा आशीर्वचनप्रति कृतज्ञता व्यक्त गर्दै देशका विभिन्न भागबाट सहभागी गुरुभाइ तथा परिषद् सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण तथा समुद्घोषण अच्युतप्रसाद लम्सालले गर्नुभयो ।

WhatsApp Image 2026-08-17 at 18.31.53.jpeg
undefined

लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व

महाधिवेशनको दोस्रो दिन पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाअनुसार नयाँ कार्यसमिति चयन गरियो । एकराज दाहालको संयोजकत्वमा रोहिणीराज तिमल्सेना र भीमप्रसाद खतिवडा सदस्य रहेको त्रिसदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गर्‍यो । निर्वाचनबाट शिवराज लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भयो ।

नवनिर्वाचित कार्यसमिति:

१. अध्यक्ष —         शिवराज लामिछाने
२. उपाध्यक्ष —      विष्णुप्रसाद पौडेल
३. सचिव —          मनीष गौतम
४. सहसचिव —     सन्तोष घिमिरे
५। कोषाध्यक्ष —    अभिमन्यु नेपाल
६। सदस्य —        मुकुन्द दाहाल
७। सदस्य —       उपेन्द्र मरहठ्ठा
८। सदस्य —       अर्जुन खतिवडा
९। सदस्य —      सुरज सापकोटा
१०। सदस्य —     विवेक भट्टराई
११। सदस्य —    सन्दीप काफ्ले

निर्वाचन समितिले परिणाम घोषणा गरेपछि परिषद्का संरक्षक तथा महेश संस्कृत गुरुकुलम्‌का अध्यक्ष स्वामी रमणानन्द गिरिज्यूबाट नवनिर्वाचित पदाधिकारीहरूलाई संस्कृत भाषामा शपथग्रहण गराई प्रमाणपत्र प्रदान गरियो । महेश–छात्र–परिषद् गुरुकुलको विकल्प होइनस गुरुकुलीय आदर्शको सामाजिक विस्तार हो । गुरुकुल ज्ञानको स्रोत होस परिषद् त्यस ज्ञानको सामाजिक प्रवाह बन्नुपर्छ ।गुरुकुल संस्कारको केन्द्र होस परिषद् संस्कारको विस्तार बन्नुपर्छ । गुरुकुल गुरु–शिष्य परम्पराको आधार होस परिषद् त्यस परम्पराको पुस्तान्तरणकारी सेतु बन्नुपर्छ । यही परस्परपूरक सम्बन्धलाई वैदिक आदर्श ‘सङ्गच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’ ले अझ सशक्त बनाउँछ ।

WhatsApp Image 2026-08-17 at 18.31.43 (1).jpeg
undefined

आशीर्वचनमा भविष्यको मार्गचित्र

समारोहको अन्त्यमा परिषद्का संरक्षक, महेश सन्न्यास आश्रमका पीठाधीश तथा महेश संस्कृत गुरुकुलम्‌का अध्यक्ष स्वामी रमणानन्द गिरिज्यूले आशीर्वचन प्रदान गर्नुभयो । उहाँले ब्रह्मलीन गुरुदेवको सत्सङ्कल्पबाट प्रज्वलित महेश संस्कृत गुरुकुलरूपी ज्ञानदीपलाई अझ प्रज्वलित बनाउन सबै गुरुभाइले आफ्नो सामर्थ्यअनुसार योगदान गर्नुपर्ने सन्देश दिनुभयो । धर्म, दर्शन, संस्कृत, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई सामूहिक अभियानका रूपमा अघि बढाउनुपर्ने उहाँको आग्रह थियो । महेश संस्कृत गुरुकुललाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय अनुसन्धानको केन्द्रभूमिका रूपमा विकसित गर्नुपर्ने उहाँको दृष्टि भविष्यको स्पष्ट मार्गचित्र हो ।नेपालका गाउँगाउँमा गुरुकुल स्थापना गर्ने, गुरुकुलका शाखा–प्रशाखा विस्तार गर्ने र प्राज्ञिक चेतनाद्वारा समाजलाई आलोकित गर्ने दायित्व पनि उहाँले परिषद् र समस्त गुरुभाइसमक्ष राख्नुभयो । उहाँको सन्देशको सार स्पष्ट थियो-गुरुदेवले रोपेको बीउलाई वृक्ष बनाउनु मात्र पर्याप्त छैनस त्यसको छायामा नयाँ पुस्तालाई ज्ञान, संस्कार र राष्ट्रचेतना प्रदान गर्नु आजको दायित्व हो ।

पुस्तान्तरण होइन, उत्तरदायित्वान्तरण

महेश–छात्र–परिषद्को नयाँ कार्यसमिति चयनलाई सामान्य निर्वाचनको घटनाका रूपमा मात्र बुझ्नु यसको ऐतिहासिक अर्थलाई सङ्कुचित गर्नु हुनेछ । यो नेतृत्वको पुस्तान्तरणसँगै उत्तरदायित्वको हस्तान्तरण हो । यो विगतको सम्मान र भविष्यको निर्माणबीचको सेतु हो । यो गुरुदेवको स्मृतिलाई कर्ममा रूपान्तरण गर्ने अवसर हो । यो रामानन्दीय प्रज्ञालाई नयाँ पुस्ताको ऊर्जा प्रदान गर्ने क्षण हो ।

त्यसैले नयाँ अध्यक्ष शिवराज लामिछानेसहित सम्पूर्ण कार्यसमितिको सफलता केवल उनीहरूको व्यक्तिगत उपलब्धि हुनेछैनस त्यो महेश संस्कृत गुरुकुलको प्रज्ञापरम्परा, महेश सन्न्यास आश्रमको सत्सङ्कल्प र समस्त रामानन्दीय शिष्यसमुदायको सामूहिक सफलता हुनेछ ।

WhatsApp Image 2026-08-17 at 18.31.49.jpeg
undefined

अन्त्यमा: दीपबाट दीप प्रज्वलित होस्

गुरुकुलले दिएको ज्ञानलाई समाजले खोजेको प्रकाशमा बदल्नु नै शिष्यत्वको वास्तविक परीक्षा हो । गुरुदेवले प्रज्वलित गर्नुभएको ज्ञानदीप एक पुस्ताले बोकेर अर्को पुस्तालाई हस्तान्तरण गरेको छ ।अब त्यसमा नयाँ पुस्ताले तेल थप्नुपर्छ । दीप जोगाउनु मात्र पर्याप्त छैनस दीपबाट दीप प्रज्वलित गर्नुपर्छ । महेश–छात्र–परिषद्को नयाँ नेतृत्व यही दीपपरम्पराको नयाँ संवाहक बनेर अघि बढोस् ।ज्ञानमा गम्भीरता, अनुसन्धानमा मौलिकता, आचरणमा संस्कार, संगठनमा एकता र कर्ममा राष्ट्रनिष्ठा—यिनै पाँच आधारमा परिषद्को आगामी यात्रा निर्देशित होस् ।

‘सङ्गच्छध्वं संवदध्वं’ को सामूहिक चेतना, ‘वयं राष्ट्रे जागृयामः’ को राष्ट्रिय सङ्कल्प र ‘परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ’ को सहकार्य–दर्शनलाई आत्मसात् गर्दै महेश–छात्र–परिषद् रामानन्दीय प्रज्ञापरम्पराको सुदीर्घ, उज्ज्वल र अनुकरणीय अध्याय बनोस् ।

जयतु संस्कृतम् । जयतु गुरुकुलम् । जयतु रामानन्दप्रज्ञापरम्परा ।

WhatsApp Image 2026-08-17 at 18.31.54.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार