काठमाडौं। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को अवसर पारेर कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित वेबिनार आयोजना गर्ने भएको छ।
“Digital Marketing Trends & Best Practices” शीर्षकको यो वेबिनार २०७८ वैशाख १८ गते बेलुका ८ बजे जुममार्फत सञ्चालन हुनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य व्यवसायी, बजार विज्ञ र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका पेशेवरहरूलाई डिजिटल मार्केटिङका पछिल्ला प्रचलन र प्रभावकारी रणनीतिहरूबारे जानकारी गराउनु हो।
टेक ब्लगर्स एसोसिएसन अफ नेपाल (TBAN) सँगको सहकार्यमा आयोजना हुने यस वेबिनारमा त्द्यब्ल् का संस्थापक तथा डिजिटल मार्केटिङ विज्ञ आभास अधिकारीले प्रमुख वक्ताको रूपमा प्रस्तुति दिनेछन्।
अधिकारीले पे-पर-क्लिक (PPC, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), सोशल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, ईमेल मार्केटिङ, मोबाइल मार्केटिङ, वेब एनालिटिक्स, कनभर्जन रेट अप्टिमाइजेसन, मार्केटिङ अटोमेसन र डिजिटल रणनीति जस्ता महत्वपूर्ण विषयहरूमा प्रस्तुतीकरण गर्नेछन्।
“सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नारालाई आत्मसात गर्दै आयोजना हुने यो कार्यक्रम क्यान महासंघ बागमती प्रदेशका अध्यक्ष किरण श्रेष्ठको नेतृत्वमा सम्पन्न हुनेछ। अध्यक्ष श्रेष्ठले यो कार्यक्रम डिजिटल सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदम भएको बताएका छन्।
क्यान महासंघ बागमती प्रदेशका सचिव सुदीप घिमिरेले बागमती प्रदेशका सबै १० वटा जिल्ला शाखाका सदस्यहरूलाई यस कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन र डिजिटल मार्केटिङका नवीनतम विधि तथा प्रविधिहरू बारे ज्ञान हासिल गर्न आग्रह गरेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com