काठमाडौं । नेकपा एमाले कृषि तथा पशुपक्षी विकास विभागले कुल बजेटको कम्तीमा १० प्रतिशत कृषि क्षेत्रमा विनियोजनको लागि सरकारको ध्यानाकर्षण गराएको छ । विभागले कृषि नीति समीक्षा गर्दै कृषि क्षेत्रमा सुधार र आधुनिक कृषि विकासका लागि अवलम्बन गर्नुपर्ने नीति र उपायबारे सरकारको ध्यानाकर्षण गराएको हो । एमाले कृषि विभागले कृषिमा प्राथमिकता, उत्पादनमा आत्मनिर्भरतासँगै रूपान्तरणकारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न सुझाव दिएको जनाएको छ । यो वर्षको नीति कार्यक्रममा घोषणा भए अनुसार कृषिमा आत्मनिर्भर, रोजगार, स्थानीय उद्यमशीलता वृद्धि गर्ने गरी ठोस कार्यक्रमको माग गरिएको छ ।
मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गकेन्द्रित ‘विशेष कृषि विकास परियोजना’ घोषणाको एमालेले माग गरेको छ । कृषि उपजको समर्थन मूल्य कानुनी व्यवस्थाद्वारा नै निर्धारण गर्न र खरिदको सुनिश्चितताका लागि आवश्यक पूर्वाधारदेखि बजेट व्यवस्थापनमा सरकारले ध्यान दिन विभागले अनुरोध गरेको छ ।
कृषि उपजको समर्थन मूल्य तय गर्दा बाली लगाउनका लागि त्यस वर्ष भएको नगद खर्च ९श्रम, बिउ, खाद्य सिँचाइ०, पारिवारिक श्रमको लगानी, जमिनको भाडा, कुल पँुजी र यसको ब्याज र एकतिहाइ नाफा जोडेर गरिनुपर्ने एमालेको माग छ । निर्माणको चरणमा रहेको कृषि विधेयक यथाशीघ्र संसदीय समितिमा दर्ता गराई छलफलमा लगिनुपर्ने, उक्त विधेयकमार्फत नीति निर्माण तहमा किसानको प्रतिनिधित्व स्थानीयदेखि केन्द्रसम्म सुनिश्चित गरिनुपर्नेमा विभागले जोड दिएको छ ।
कृषि ऐनमा तिनै तहका सरकारका कार्यक्षेत्र स्पष्ट पार्ने व्यवस्था ल्याउन माग गर्दै सङ्घ, प्रदेश र स्थानीय तहबाट आमकिसानले प्राप्त गर्ने सेवालाई चुस्त दुरुस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको विभागले उल्लेख गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com