काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वराज पौडेलले डा. गुणाकरण भट्टलाई गभर्नर कार्यालयमा सरुवा गर्नुभएको छ । भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नर कार्यालयमा तानिएको हो ।
भट्टले गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिनुभएको थियो । यद्यपि, उहाँको राजीनामा स्वीकृत नभएपछि छनोट प्रक्रिया गिजोलिएको थियो । पछि गभर्नर छनोट समितिमा रहनुभएका पौडेल नै राजीनमा दिएर गभर्नर बन्नुभएको हो । यसअघि, गभर्नर कार्यालयको कार्यकारी निर्देशक रहनुभएका डा. प्रकाशकुमार श्रेष्ठको कार्यकाल शनिबार जेठ १० गतेबाट सकिएको छ ।
भट्ट गभर्नर कार्यालय तानिएपछि आर्थिक अनुसन्धान विभाग प्रमुखमा मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई पठाइएको छ ।
त्यस्तै, बैंकिङ विभागको कार्याकारी निर्देशक विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । गभर्नर पौडेलले सचिवालयमा बोर्ड सचिवको जिम्मेवारी शरण अधिकारीलाई दिनुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com