Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने : अध्यक्ष ढकाल

बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताउनुभएको छ। सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘बैङक तथा बित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ । विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा बित्तीय संस्थाको चुक्त्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि शेयर लिएको वा शेयर स्वामित्वको काम बैंक वा बित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा यो एक प्रतिशतको ठाउँमा दुई प्रतिशत संशोधनमा राखिएको छ ।’

उहाँले थप्नुभयो,‘यसको आधारमा ८ को १६ करोड शेयर लिएको व्यक्ति बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ जाने हुन्छ ।’ उहाँले बैंक पनि आफै चलाउने र ऋण पनि आफै चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको भन्दै यो एक प्रतिशतबाट बढाउन नहुने बताउनुभयो ।

‘म बैंकको अध्यक्ष पनि भएको हिसावले भन्नु या बैंक पनि आफैं चलाउने अनि ऋण पनि आफैं चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको छ जुन चिज नबुझिएर निकालिएको हो । यो एक प्रतिशतबाट बढाउनु हुँदैन,’ उहाँले भन्नुभयो ।

आज समितिमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो । सो क्रममा सांसद विराजभक्त श्रेष्ठ, अर्थविज्ञ अनलराज भट्टराई, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रालगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार