काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिने उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, 'पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिनुका साथै विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन् । चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गनै चाहान्छु ।’ त्यस्तै उहाँले बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै नसुनिएको भन्दै यो सकारात्मक पक्ष रहेको धारणा राख्नुभयो । साना ठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जवाफदेहिता सुनिश्चित गरिने उल्लेख गर्नुभयो
उहाँले भन्नुभयो, ‘बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै सुनिएन, यो सकारात्मक छ । तर हाम्रो मुख्य चुनौती पुँजीगत खर्च बढाउने र चालु खर्च नियन्त्रण गर्ने हो। यसमा हामी गम्भीर छौँ । तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत छ र आवश्यक सहजीकरणको लागि प्रयासरत छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com