काठमाडौं । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल अन्ट्रप्रेनरसीप’ अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित दोस्रो चरणको उद्यमशीलता तालिम सम्पन्न भएको छ।
बर्दघाटस्थित दिव्यज्योति बहुमुखी क्याम्पसमा ६ महिना लामो तालिममा सहभागी २५ जना युवाहरूलाई पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा उद्योगपति विनोद चौधरीले प्रमाणपत्र उपलब्ध गराउनुभयो ।
यसअघि, सोही क्याम्पसबाट पहिलो चरणमा ५० जना युवाहरूले तालिम लिएर उद्यमशीलता सुरु गरिसकेका छन्। सांसद चौधरीले युवाहरूलाई आफूले तालिमबाट सिकेको कुरा साथीहरूलाई पनि सिकाउन आग्रहगर्नुभयो ।
नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानमा टेवा पुर्याउने लक्ष्य लिएको नबिल बैंकले जनाइएको छ ।
बैंकले यो कार्यक्रम अन्तर्गत देशभर विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा युवाहरूलाई उद्यमशील तालिम दिँदै आएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवीन उद्यमशील सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको व्यावसायिक सपनालाई साकार पार्न सहयोग गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com