सगरमाथा – संसारको शिर, सृष्टिको स्तम्भ र भगवान शिवको दिव्य आसन।
हामी हिन्दू सनातनीका लागि सगरमाथा केवल हिमाल होइन, यो हाम्रो धर्म, प्रकृति र आत्माको केन्द्र हो। यस पवित्र स्थललाई सुरक्षित राख्दै, म निम्न आध्यात्मिक प्रस्तावहरू सबै सनातनीहरूका लागि राख्न चाहन्छु।जसरी कैलाश र मानसरोवर आध्यात्मिक र पर्यटकीय हिसाबले विश्वको चासो र चर्चामा छ सगरमाथा अझ बढी हुनेछ।
१. सगरमाथाको दर्शन मात्र, आरोहण होइन
सगरमाथा चढ्नु जैविक, धार्मिक र आध्यात्मिक दृष्टिले अनुचित हो। यो प्रकृति र पुरुषको मिलनमा रचित शिवत्वको केन्द्रलाई प्रतिष्पर्धा , किर्तीमान र जीवन मरणको भुमि बनाउनु ;[li6 र वैदिक नियमविपरीत हो। सगरमाथाको मात्र दर्शन गर्नु नै पवित्र हुन्छ। पहिलेका शासक र सरकारहरूले विदेशी प्रभावमा आएर धार्मिक भूल गरे। दुधकुण्ड ,कोसी र समग्र हिमाल पहाड र मैदानहरुलाई प्राकृतिक रुपमा जप ,तप ध्यान र पर्यटकीय स्थलको रुपमा संरक्षण गर्नु आदीम हिम मानव देखी आधुनिक २१ औ सताब्दीका आधुनिक मानव सम्मको समग्र हितमा रहनेछ।
२. काली बाबा – सिद्ध पुरुष सगरमाथाको काखबाट
काली बाबा एक सिद्ध सन्त हुनुहुन्छ, उहाँको जन्म सगरमाथाको काखमा भएको हो। हामी चाहन्छौं, उहाँ यस अभियानको आध्यात्मिक नेतृत्व गर्नुहोस्।
३. साधना आश्रम स्थापना गरौं
ओखलढुंगा र सोलुखुम्बु बीचको क्षेत्र आसपास साधना आश्रम स्थापना गरौं। स्थानीय सरकार र बासिन्दाको सहयोगमा स्थान छनोट गर्न सकिन्छ।
४. पञ्चधर्म दर्शन स्थल बनाऔं
पाँचवटा दर्शन केन्द्र बनाऔं:
. निराकार धाम
५. सगरमाथा – जलवायु र धर्मरक्षकको रूपमा
सगरमाथा हाम्रो धर्म मात्र होइन, सम्पूर्ण पृथ्वीको जलवायु सन्तुलनको केन्द्र हो। काली बाबाको नेतृत्वमा हामीले यो आध्यात्मिक–प्राकृतिक अभियान प्रारम्भ गर्नुपर्छ।
यस पवित्र कार्यमा संस्कृत विद्वान, युवा, र दूरदर्शी पर्यटनमन्त्री बद्री पाण्डे जीबाट साथको अपेक्षा राख्दछु।
जय शम्भो! जय काली बाबा! जय सगरमाथा!
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com