Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन व्यवसायी मनोनित

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन व्यवसायी मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनित हुनु भएको छ । मनोनित हुनेहरुमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ हनुहुन्छ ।
न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उपसभापति हुनुहुन्छ ।
 
तिनै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारणी समितिमा मनोनयन गर्नु भएको हो ।
अध्यक्ष ढकालले मनोनित तीनै जना सदस्यहरुबाट महासंघको गतिविधीलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गर्नु भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार