Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

खीर: पकाउने काइदा; स्वास्थ्यलाई फाइदा

खीर: पकाउने काइदा; स्वास्थ्यलाई फाइदा

काठमाडौं । आज साउन पन्ध्र खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । परिवारका सबै सदस्य जम्मा भएर खीर खाने परम्परा रहेको छ ।

खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनी खीर खाने चलन रहेको छ ।

खीर पौष्टिक तत्वहरु धेरै भएको खाना हो । विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइएको खीरमा दुध, चिनि, काजु, नलिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खीर बनाइन्छ ।

खीर बनाउन आवश्यक सामग्री

चामल २५० ग्राम (टाइचिन वा छोटो दानाको चामल)

दूध  १ लिटर

चिनी  १०० ग्राम

कन्डेन्स्ड मिल्क ५० एमएल (ऐच्छिक)

ड्राई फ्रुट्स १०० ग्राम (काजु, बदाम, किसमिस, छोकडा, नरिवल आदि)

इलायची पाउडर  १र२ चम्चा

केसर  १ चिम्टी (ऐच्छिक)

पकाउने तरिका

खीर बनाउनुपूर्व नै चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।

यदि तपाईं अलि पुरानो विधिबाट खीर पकाउन चाहनुहुन्छ भने घरमा मिलमा कुटाएको चामललाई घ्यूमा मोलेर पनि केहीबेर राख्न सक्नु हुन्छ । र, त्यो चामललाई खीरमा प्रयोग गर्न सक्नुहुन्छ ।

खीर पकाउने भाँडो चाहिँ बाक्लो हुनुपर्छ । पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्छ । खीर पकाउनुअघि चामलभन्दा डेढतिहाई पानी उमाल्नुस् र त्यो पानीमा केहीबेर चामललाई पकाउनुस् । थोरै पाकेको चामलमा सबै दूध हाल्नुस् र चलाउन थाल्नुस् । यसरी खीरलाई चलाउँदा दूध उम्लेर माथि आउने गर्छ । यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ । अर्को तरिकाले उम्लेको दूधमा सीधै भिजाएको चामल पनि हाल्न सकिन्छ ।

चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता हाल्नुस । तेजपत्ताले खीरको स्वादलाई बास्नादार बनाउँछ । खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीर पकाउँदा शुरूमै चिनी राख्नु हुँदैन । शुरूमा चिनी राखियो भने खीर डढ्न सक्छ ।

चिनी हलिसकेपछि पहिल्यै राखिएको तेजपत्तालाई निकालिदिनुस् । अब खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो, बदाम, काजु, नरिवलको टुक्रालगायतका सामग्री हालिदिनुस् र, राम्ररी चलाउनुस् । एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । अब खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् ।

यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ । अब ग्यासको फ्लेमलाई बन्द गर्नुहोस् । अनि तातो-तातो खीर सर्भ गर्न सक्नुहुन्छ ।

खीरको फाइदा

खीरमा मिसाइने चामलमा कार्बोहाइड्रेट पाइन्छ । जसले शरीरलाई शक्ति प्रदान गर्छ ।

– दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ,

– भिटामीन ए प्राप्त हुन्छ ।

– शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ती हुन्छ,

–खीरमा मिसाइने विभिन्न किसिमका पदार्थहरुबाट खनिज, भिटामिन पाइन्छ,

– खीर सहजै पचाउँन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार