Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गौरा पर्वको अवसरमा बैतडीको देवलहाटमा भदौ १५गते लाखेनाच देखाइने

गौरा पर्वको अवसरमा बैतडीको देवलहाटमा भदौ १५गते लाखेनाच देखाइने

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित गौराखलामा गौरा पर्वको बेला अठ्यावालीका दिन प्रदर्शन गरिने प्रसिद्ध लाखे नाच यो वर्ष पनि देवलहाटमा प्रदर्शन गरिने भएको छ । परापूर्वकालदेखि सो ठाउँमा गौराको अवसरमा लाखे नाच देखाउने परम्परा अनुसार यो बर्ष पनि प्रदर्शन गरिन लागेको हो । गौराको बेला विभिन्न ठाउँमा ठाउँ र परम्परा अनुसार विभिन्न खालका ऐतिहासिक खेल र नाच प्रर्दशन गर्ने गरिएको भए पनि बैतडीको देवलहाटस्थित गौराखालामा भने हेर्दा अनौठो लाग्ने लाखे नाच प्रदर्शन गरिने गरिएको छ ।
छ।
सुदूर पश्चिममा मनाइने गौरा पर्वका अवसरमा दशरथचन्द नगरपालिका ४ मा मुख्य आकर्षणको रुपमा लाखेनाच रहने गरेको छ। स्थानीय भट्ट र मार्कण्ड जातिक पाँच वा सात जनाले शरीरमा लुगा नलगई पवित्र रुख विरुवाहरु पातले शरीर ढाकेर  हातमा त्रिशुली  समातेर  लाखेनाच नाचे गौरा मनाउने चलन रहेको छ। बैतडी पञ्चदेवलमा शरीरमा रुखका पात बेरेर लाखेनाच नृत्य सहित प्राचीन गौरा पर्व मनाइन्छ । बैतडी सदरमुकाम नजिकै  देवलहाटमा स्थित पञ्चदेवल मा गौरमा मात्र लाख्य लाखे नाच नाचिन्छ ।

लाखेनाच मन्दिर एकसय मिटर दुरीमा रहेको सुकनाली कुवामा स्नान गरि शरीरमा तरुलका लहर केराकोपात अन्य आयुर्वेदिक लहरा पात प्रयोग गरिन्छ। लाखेनाच नृत्यमा सहभागी हुनेले कमेरो रातो माटो खरानीको टिक लगाउने चलने रहेको स्थानीय समाजसेवी एवम् धार्मिक व्यक्तित्व उद्धव सिंह मार्कण्डले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार