काठमाडौं । बागलुङको आशापूर्णेश्वर महादेव मन्दिर परिसरमा धार्मिक संरचनाहरू निर्माणका लागि सहयोगी हातहरु जुट्ने क्रम बढ्दो छ । निर्माणाधीन धार्मिक संरचनाहरूका लागि हाल धमाधम बुकिङ भैरहेको छ भने विभिन्न व्यक्तिहरुले सोधखोज तथा जानकारी समेत लिइरहनुभएको छ ।
हाल मन्दिर परिसरमा १०८ शिवलिङ्ग, एकादश र द्वादश रुद्र, नवग्रह, अष्ट चिरञ्जिवी महादेवलगायतका संरचना निर्माणका लागि परियोजना सञ्चालनमा छ । शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समिति शिवलिङ्ग निर्माण उपसमितिका संयोजक चण्डीप्रसाद शर्मा पौडेलका अनुसार पशुपतिनाथ निर्माणका लागि सहयोगी हात जुटिसकेको छ भने नवग्रह निर्माणका लागि ३ जना भक्तजनले बुकिङ गराउनुभएको छ । त्यस्तै, एकादश रुद्र निर्माणका लागि १ जना भक्तजनले बुकिङ गराउनुभएको छ भने शिवलिङ्ग निर्माणका लागि ५८ जना भक्तजनबाट ७६ वटा शिवलिङ्ग बुकिङ भैसकेको छ । यसैगरी, समितिले बाँकी संरचनाका लागि पनि श्रद्धालु महानुभावहरूलाई समयमै आफ्नो नाम दर्ता गरी पुण्य लाभ प्राप्त गर्न अनुरोध समेत गरेको छ ।
संयोजक चण्डीप्रसाद शर्मा पौडेलका अनुसार करिब ५० लाख रुपैयाँ अनुमानित लागतमा सम्पन्न हुने उक्त परियोजनामा २ लाख रुपैयाँ लागतमा ३० इन्चको पशुपतिनाथको मूर्ति एउटा, २५ हजार रुपैयाँका दरले २ लाख ७५ हजारमा १२ इन्चका एकादश रुद्र ११ वटा, १५ इन्चका द्वादश रुद्र १२ वटा २५ हजारका दरले ३ लाखमा, १०७ शिवलिङ्ग २० हजारका दरले २१ लाख ४० हजारमा, १८ इन्चका नवग्रह ९ वटा ५५ हजारका दरले ४ लाख ९५ हजारमा र १२ इन्चका अष्ट चिरञ्जिवी ८ वटा २५ हजारका दरले २ लाखमा निर्माण गरिने प्रारम्भिक योजना छ ।
शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको २०८२ श्रावण १९ गते बसेको बैठकले समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको संयोजकत्वमा ४५ सदस्यीय निर्माण उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।
समिति संयोजक पौडेलका अनुसार ५ हजारदेखि १० हजार रुपैयाँसम्म सहयोग गर्ने सहयोगदातालाई प्रमाण–पत्र सहित सम्मान गरिने, १० हजार देखि २५ हजारसम्म सहयोग गर्नेको दम्पतीको नाम शिलालेखमा समावेश गरिने, २५ हजार देखि ५० हजार रुपैयाँसम्म सहयोग गर्नेको दम्पतीसँगै मातापिताको नाम शिलालेखमा समावेश गरिने ५० हजार देखि १ लाख रुपैयाँसम्म सहयोग गर्नेको दम्पत्ती, मातापिता र हजुरबुबा अनि हजुरआमाको नाम शिलालेखमा समावेश गरिने तथा १ लाख रुपैयाँ सम्म र सोभन्दा माथि सहयोग गर्नेको दम्तीसँगै मातापिता, हजुरबुबा हजुरआमा तथा दाजुभाईहरुको नाम शिलालेखमा समावेश गरिनुका साथै विशेष सम्मान गरिनेछ । यसैगरी, मन्दिरमा निर्माणाधीन सत्तलमा आफ्ना अग्रजहरुको सम्मानमा कोठा निर्माण गरिदिन चाहे प्रतिकोठा ४ लाख रुपैयाँ र माथिल्लो तल्लामा हल निर्माण गर्न चाहेमा ५ लाख रुपैयाँ सहयोग गरे पारिवारिक अभिलेख सहितको शिलालेख अंकित गरिने संयोजक पौडेलले बताउनुभयो ।
१९९८ सालमा स्थापना भएको बागलुङ बजारको दक्षिणतर्फ, बागलुङ नगरपालिका–९, तित्याङस्थित ऐतिहासिक र रमणीय शिवपुरी डाँडामा रहेको आशापूर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भव्य धार्मिक संरचना निर्माणको योजना अघि बढाइएको हो ।
अध्यक्ष पौडेलले यो परियोजना पूर्ण रूपमा समुदायको सहयोगबाट सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै असोज मसान्तभित्र लागत रकम संकलन गरी आउने शिवरात्रिको अवसरमा शिवलिङ्गको प्राण प्रतिष्ठा सम्पन्न गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com