काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज धूमधामपूर्वक मनाइएको छ । आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि मेला लागेको थियो । साँझ सम्म पनि भक्तजनहरुले दर्शन गरेको मेला आयोजक समितिले जनाएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले विशेष महत्व बोकेको कागेश्वरी धाममा भाद्र शुक्ल अष्टमीका दिन प्रत्येक बर्ष भब्य मेला लाग्ने प्रचनल अनुसार आज पनि मेला लागेको हो ।
मन्दिरमा आवतजावत सहजताका लागि यातायात सेवा सहज बनाउने व्यवस्था गरिएको थियो । नगरपालिकाले लाइन व्यवस्थापन, आकस्मिक अवस्थाको तयारी, सुरक्षा प्रबन्ध र सहजता लगायतका विषयमा आवश्यक प्रबन्ध मिलाएको थियो । पर्वको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा पनि दिइएको थियो ।
कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।
श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरी महादेव मन्दिरमा नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com