Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

हरिबोधिनी एकादशीमा पशुपतिमा टाँगियो तोरण (तस्बिरहरु)

हरिबोधिनी एकादशीमा पशुपतिमा टाँगियो तोरण (तस्बिरहरु)

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी भगवान् विष्णुको प्रतीकको रुपमा रहेको तुलसी बिहे गरेर फूलैफूलको तोरण टाँगेर मनाइएको छ । हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनले तोरण टाँगेर पूजापाठ गरेका छन्। विभिन्न ठाउँबाट नदीका घाटहरुमा फूलको तोरन तार्ने प्रचलन छ।

हरिसयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ। हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन शयनमा रहेका विष्णु भगवान ब्युँझिने दिन आज अर्थात् हरिबोधिनी एकादशी हो । 

DSC01548_11zon.jpg
undefined
DSC01535_11zon.jpg
undefined
DSC01555_11zon.jpg
undefined
DSC01528_11zon.jpg
undefined
DSC01554_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार