Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

सासू बुहारीको सुमधुर सम्बन्धको भिडियो 'स्टोरी'

सासू बुहारीको सुमधुर सम्बन्धको भिडियो 'स्टोरी'

काठमाडौं । ८१ वर्षीया नारायण पोखरेलको उर्जा लोभलाग्दो छ । उल्लेख्य रोग छैन । आँखा तेजिला छन् । मुख्य कुरा हातमा सीप छ । त्यही सीपले यो उमेरमा पनि थप आर्जन दिएको छ । भगवत भक्तिमा मन छ । जन्मेदेखि नै वैष्णव उहाँका छोरा बुहारीहरु पनि एउटै बैष्णव सम्प्रदायका छन् । सासु बुहारीको मिल्ती पनि गज्जबको छ ।

हिजो विवाहपञ्चमीको दिन काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिर परिसरमा वाणीले भजन गाउँदै र हातले स्वेटर बुन्दै गरेको अवस्थामा भेटिनुभएकी पोखरेल आमासँग सत्संग नगरिरहन सकिएन् । आज सिन्धुली हुँदै केही समयका लागि जनकपुर जान लाग्नुभएकी पोखरेल आमासँग हिजो आकस्मिक रुपमा धिप्री डटकमले उहाँको जीवनका आयामहरुसँगै सासू बुहारीसम्बन्धबारे उहाँकी जेठी बुहारी आरती पोखरेलसँग समेत भलाकुसारी गर्ने अवसर प्राप्त गरेको थियो । प्रस्तुत छ उक्त भिडियो संवादको सम्पादित अंश:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार