काठमाडौं । मलमास अर्थात् अधिकमास आजदेखि सकिंदैछ । गएको जेठ ३ गतेदेखि शुरु भएको मलमासको आज अन्तिम दिन हो । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ । अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ ।
यस अवसरमा काठमाण्डौको दक्षिण पश्चिममा रहेको मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ । मेलाको आज अन्तिम दिन हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।
मलमासका कारण रोकिएका धार्मिक तथा साँस्कृतिक कार्यक्रम भोलिदेखि शुरु हुँदैछन् । पर्सि रातो मच्छिन्द्रनाथको रथ लगनखेलको थतिटोलबाट तानेर जावलाखेल पुर्याउने तयारी छ ।
आज सोमबारे औँसी पनि मनाइँदैछ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com