Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

'पशुपति काव्य साँझ' प्रारम्भ, सुनिए नवोदित तथा स्थापित कविहरु

'पशुपति काव्य साँझ' प्रारम्भ, सुनिए नवोदित तथा स्थापित कविहरु

काठमाडौं । सनातन संस्कृति, अध्यात्म र साहित्य सम्मिलनको मञ्चको रुपमा पशुपति काव्य साँझ आजबाट प्रारम्भ भएको छ । सनातन युवा मञ्चले आयोजना गरेको कार्यक्रममा नव कविहरुदेखि स्थापित गरी डेढ दर्जन बढीले रचना सुनाउनुभएको थियो । धेरैले आफ्ना रचना वाचन गर्नुभएको थियो भने केहीले अरुका रचना सुनाउनुभएको थियो ।

कार्यक्रमका सभापति एवम् वाल्मिीकि विद्यापीठका पूर्व प्राचार्य प्राध्यापक दुर्गा प्रसाद दाहालले करिब ३ वर्षअघिको परिकल्पना आज साकार भएको बताउनुभयो । उहाँले वेद विद्याश्रम तथा वाल्मीकि विद्यापीठका विद्यार्थीहरुको संयुक्त प्रयासबाट यो कार्यक्रमको थालनी भएको जानकारी गराउनुभयो ।

उहाँले युवा कविहरुबाट समेत राम्रो कविता प्रस्तुत भएको भन्दै निरन्रतताको लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'साहित्य भनको सरस्वतीको आर्शीवाद हो । जोकोही कवि हुन सक्दैन । साधना आवश्यक छ । मुख्य कुरा तपाईंहरु थाक्नुहुँदैन ।'

_DSC6952_11zon.jpg

कार्यक्रममा वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य प्रा.डा.भागवत ढकालले मीठा रचनाहरुले देशप्रेम, प्रकृतिप्रेम, इश्वरप्रेमसँगै समाजका विकृति विसंगतिहरुबारे पनि बोलेको बताउनुभयो । कवितामा भाव सौन्दर्य, अर्थ सौन्दर्य र लय सौन्दर्य आवश्यक हुने भन्दै आज गद्य संरचना तथा पद्य संरचनाका कविताहरुले सौन्दर्यपूर्ण भएको चर्चा गर्नुभयो ।

कार्यक्रम संयोजक एवम् सञ्चालक अञ्जन ढुङ्गेलले सनातन युवा मञ्चले आयोजना गरेको कार्यक्रम आध्यात्मिक र साहित्यक सेतु भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले प्रत्येक महिनाको दोस्रो शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्म यो कार्यक्रमलाई निरन्तरता दिनेछौं । यसमा सबैको सहभागिताका लागि सविनय अनुरोध पनि गर्दछौं ।’

निःशुल्क श्रवण गर्न सकिने कार्यक्रममा नेपाली, अंग्रेजी, हिन्दी र अंग्रेजी रचनाहरु वाचन गर्न सकिने उहाँले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।

_DSC6941_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार