Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सेतो मच्छिन्द्रनाथ मन्दिरका लागि भारतीय सहयोग

सेतो मच्छिन्द्रनाथ मन्दिरका लागि भारतीय सहयोग

काठमाडौं । जन बहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्‍याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्त्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । मन्दिर पुनः निर्माण २०७७ साल माघ २९ गतेदेखि पुनः निर्माण कार्य भइरहेको छ ।

हालसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२।१८ प्रतिशत रहेको बताइएको छ । तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नको लागि २०४ किलोग्राम चाँदी दान गरिएको हो ।

चाँदीको लागि भारत सरकारबाट ३९ लाख १० हजार बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।

Capture-39.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार