काठमाडौं । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ आयोजना हुने भएको छ ।
भगवती मानवकल्याण सङ्गठनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने छ । शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक(सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने दाबी गरिएको छ ।
माता भगवती आदिशक्ति जगत् जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको रहस्यबारे शिविरमा अवगत गराइने सङ्गठनले जनाएको छ ।
एक ऋषिको सान्निध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवं कुण्डली शक्तिका माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त हुने बताइएको छ । शिविरमा उपस्थित जनसमुदायलाई सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवं चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको छ । दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ ।
यसैगरी साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवं कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने सङ्गठनले जनाएको छ । साथै शिविरमा निःशुल्क रूपमा शक्तिजल वितरण गरिने छ ।
नशाको लतका साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने, नशासम्बन्धी समस्या परेकाहरूका लागि सहायक सिद्ध हुने जनाउँदै शक्तिजल शिविरमा निःशुल्क प्राप्त गर्न सकिने जानकारी दिइयो ।
भगवती मानवकल्याण सङ्गठन एक जनकल्याणकारी आध्यात्मिक संंस्था हो । यसले नशामुक्त, मांसाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवं पुरुषार्थी समाज निर्माणका साथै जातिभेद, छुवाछुतलगायत सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।
सङ्गठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत पाँच हजारभन्दा बढी व्यक्तिलाई नशामुक्त बनाइसकेको छ । यसैगरी गत साउनदेखि शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षरोपण अभियानअन्तर्गत ‘एक वृक्ष, राष्ट्रका नाममा’ आमजनसमुदायको सहयोगमा जारी रहेको सङ्गठनले जनाएको छ ।
यस्तै सङ्गठनले योग, ध्यान, साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रूपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको जानकारी गराइएको थियो । उक्त कार्यक्रम पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा हुने जानकारी गराइएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com