Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'राजनीतिबाट विश्रामपछिको समय वेद, उपनिशद् र प्राकृतिक खेतीमा'

'राजनीतिबाट विश्रामपछिको समय वेद, उपनिशद् र प्राकृतिक खेतीमा'

काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सक्रिय राजनीतिबाट विश्राम पछि वेद र उपनिशद् र प्राकृतिक खेतीमा समय खर्चिने चाहना व्यक्त गर्नुभएको छ । 'पोष्ट रिटायरमेन्ट प्लान' बारे जानकारी दिदैं केन्द्रीय सहकारी मन्त्रीसमेत रहनुभएका उहाँले राजनीतिबाट अवकाशपछि फुर्सदको समयमा धर्मशास्त्रहरु अध्ययनका साथै प्राकृतिक खेतीमा रमाउने इच्छा जाहेर गर्नुभएको हो ।

दिल्लीमा आयोजित सहकारी सम्वाद कार्यक्रममा मन्त्री शाहले उक्त विचार व्यक्त गर्नुभएको हो । साथै उहाँले कृषकहरुको उत्पादनको बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो । गुजरात, मध्यप्रदेश, राजस्थान लगायतका राज्यका महिला सहकारीकर्मीहरुको उक्त भेलामा उहाँले भन्नुभयो, 'राजनीतिबाट अवकाश पछि वेद र उपनिशद्को अध्ययन तथा प्राकृतिक कृषिकाबारे जानकारी राख्ने र काम गर्ने सोचमा छु ।' साथै उहाँले भन्नुभयो, 'हामीले मलको विषयमा धेरै काम गर्नुपर्नेछ र म यसतर्फ सहकारीहरुको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।'

प्राकृतिक खेतीका फाइदाहरु प्रचुर भएको शाहले बताउनुभयो । यसका लागि सहकारी प्रणालीको सम्भावना पनि उहाँले औल्याउनुभयो । उहाँले औषधिजन्य फाइदा भएको ऊँटको दुध सहकारीमार्फत बिक्री वितरण गरी किसानहरुले आम्दानी गरिरहेको चर्चा पनि त्यस अवसरमा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार