काठमाडौं । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न साहित्यकार तथा संस्थालाई २०८२ सालको सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले ‘दैवज्ञ विशिष्ट स्रष्टा सम्मान’, नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत कवि रमेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै ‘दैवज्ञ साहित्य पुरस्कार’ पर्वतनिवासी नेपाली, संस्कृत र हिन्दी भाषामा लेख्दै आएका स्रष्टा नारायणप्रसाद उपाध्याय अर्याललाई र ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ बालसाहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने काठमाडौंनिवासी स्रष्टा कल्पना प्रधानलाई प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानले ‘दैवज्ञ समाजसेवा पुरस्कार’ प्रा। पुरुषोत्तम भट्टराईको अध्यक्षतामा धरान उपमहानगरपालिका–१४, विजयपुर, पञ्चकन्या मार्ग, नारायणपुर, सुनसरीमा सञ्चालनरत् संस्था संस्कृत विद्यासंवद्र्धिनी समितिलाई प्रदान गर्ने जनाएको छ ।
प्रतिष्ठानले सम्मानबापत ५५ हजार ५५५ रुपैयाँ तथा पुरस्कारबापत ३३ हजार ३३३ रुपैयाँ नगद राशि प्रदान गर्ने पनि जनाएको छ । घोषित सम्मान तथा पुरस्कारहरू आउँदो मंसिर २९ गते, प्रा। दैवज्ञराज न्यौपानेको स्मृति दिवसका दिन प्रदान गरिने जनाइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com