काठमाडौं । अमेरिकाले पारदर्शी र संविधानप्रति प्रतिवद्ध नेपालको सरकारलाई समर्थन गर्ने जनाएको छ। नेपालमा संविधान जारी भएको दिन अर्थात् संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो बताएका हुन्।
‘संयुक्त राज्य अमेरिकाले पारदर्शी सरकार र देशको संविधानप्रति प्रतिवद्ध नेपाल सरकारको समर्थन गर्दछ। जसले आगामी निर्वाचन तयारी गर्दै प्रजातान्त्रिक समाधान खोज्न आवश्यक छ’ उनले सन्देशमा भनेका छन् ‘हामी यो दिनमा नेपाली जनतालाई बधाई दिन चाहन्छौं। साथै दक्षिण एशियामा राजनीतिक स्थायित्वको प्रवर्द्धन गर्न र वैश्विक समृद्धिमा योगदान पुर्याउनका लागि नेपालसँगको सहकार्यलाई निरन्तर दिन पनि तत्पर छौं।’
उनले अमेरिकी सहयोगी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट ९एमसिसी०को सहयोगमा नेपालको उर्जा तथा यातायात क्षेत्रमा पूर्वाधार विकासका काम सुरु भएको र त्यसले नेपाललाई दीर्घकालीन आर्थिक समृद्धिमा सहयोग पुग्ने अपेक्षा पनि गरेका छन्।
त्यस्तै नेपालसँग व्यापारिक साझेदारी पनि अघि बढ्ने उनले बताएका छन्।
‘यस परियोजनाबाट अमेरिका-नेपाल साझेदारी अझ सुदृढ हुनेछ र अमेरिकी कम्पनीहरूका लागि ब्यापारिक अवसरहरू पनि प्राप्त हुनेछन्’ उनले भनेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com