Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

देवी क्षेत्री दुलालको नेतृत्वमा प्रगतिशील लेखक संघ

देवी क्षेत्री दुलालको नेतृत्वमा प्रगतिशील लेखक संघ

काठमाडौं । डा.देवी क्षेत्री दुलालको अध्यक्षतामा प्रगतिशील लेखक संघको नयाँ समिति चयन भएको छ । नेपालका प्रगतिशील तथा वामपन्थी लेखकहरूको साझा संस्था, प्रगतिशील लेखक संघ, नेपालको १३औं राष्ट्रिय सम्मेलनले ९१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । उक्त समितिमा ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय राष्ट्रिय परिषद् छन् । सातै प्रदेशका अध्यक्षहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने छन् ।

नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा डा.अमृता शर्मा र समिर सिंह, महासचिवमा पारस ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा.हरि तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा.कृष्ण सुवेदी रहेका छन् ।

यस्तै, केन्द्रीय समितिका सदस्यहरूमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गंगा रिजाल, डा.प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सिर्जना अर्याल, विमला विश्वकर्मा, भीम रानाभाट, डा.पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशका अध्यक्ष प्राडा.यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा.मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा समावेश छन् । ४६ सदस्यीय राष्ट्रिय परिषद्मा दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपानेलगायत व्यक्तिहरू निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार